युनाइटेड इन्स्योरेन्सको नयाँ लोगो

काठमाडौ । यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको छ । उक्त कार्यक्रमलाई थप आकर्षक बनाउनका लागि गायक स्वप्न सुमन तथा काली प्रसाद बास्कोटाको प्रत्यक्ष सांगितिक कार्यक्रम गरिएको थियो । यस किसिमको कार्यक्रम बीमा क्षेत्रमा पहिलो पटक भएको कम्पनीले दाबी गरेको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष रवि भक्त श्रेष्ठले लोगो परिवर्तन, यसको आवश्यकता तथा महत्वको बारेमा धारणा राखेका थिए । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा व्यापार प्रवद्र्धन तथा रणनीति विभागका प्रमुख आदर भण्डारीले कम्पनीको लोगो परिवर्तन र ब्रान्डिङ्ग तथा सोमा प्रयोग भएको रंग तथा त्यसले कम्पनीको विविध पक्षको प्रतिनिधित्व गरेको जानकारी गराएको पनि सो कम्पनीले जनाएको छ ।

प्रतिक्रिया