‘सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्’

काठमाडौं । प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दाहाल-नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टी फर्कन आह्वान गरेका छन्।

काठमाडौंमा आज आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेकाले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएकाे बताएका हुन् ।

‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने,’ उनले भने, ‘तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा आउनुस्।’

प्रतिक्रिया