भारतमा आजदेखि कोरोनाको खोप लगाइँदै

एजेन्सी । भारतमा आज शनिवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । तीन हजार ६ खोप केन्द्रबाट ३ लाख स्वास्थ्यकर्मीलाई खोप लगाउन लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो खोप अभियानलाई ‘टीकाकरण अभियान’ भनिएको छ जसको सुरुवात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० बजेर ३० मिनेटमा सुरुवात गर्नेछन् ।

भारतमा अस्ट्राजेनिकासँग मिलेर घरेलु कम्पनी सेरम इन्स्टिच्युटले तयार गरेको कोभिडशिल्ड र भारत बायोटेकले तयार गरेको कोभ्याक्सिन खोप प्रयोगमा ल्याउन लागिएको हो । भारतले पहिलो चरणमा ३० करोड मानिसलाई कोरोना विरूद्धको खोप लगाउने योजना अघि बढाएको छ।

पहिलो चरणमा अग्रमोर्चामा रहेका चिकित्सकलाई खोप लगाएपछि सर्वसाधारणलाई पनि खोप दिइनेछ। खोप लगाउन देशका ७ सय जिल्लामा ३० करोड जनशक्ति परिचालन गरिएको छ।

भारत कोरोना महामारीबाट सबैभन्दा प्रभावित मुलुकको सूचीको दोस्रो स्थानमा छ। त्यहाँ अहिलेसम्म १ करोड ५ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्‌ भने १ लाख ५२ हजार जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया