‘बेलिबृज’ निर्माणका लागि शिलान्यास

पाँचथर । तमोर कोरिडोरमा पर्ने हेवाखोलाको पुल बेलिबृज निमार्णका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले शिलान्यास गरेका छन् । हिलिहाङ गाउँपालिका–७ पुच्छार हेवाखोला र फिदिम नगरपालिका–४ तर्ने सडक पुलका लागि शिलान्यास गरिएको हो । उक्त पुल स्टिल मोडुलर बृजबाट बन्ने जनाइएको छ । उक्त पुल ९६ लाख ७५ हजार २ सय ८२ लागतमा निमार्ण हुने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ ।

पुल निमार्णका लागि ६५ लाख ४८ हजार ९ सय ८ रुपैयाँ लागतमा ठेक्का भइसकेको शिलान्यास सभामा जानकारी गराइएको हो । यो पुलबाट, सञ्चालन हुने सडकको नाम, तमोर कोरिडोर चतारा, मूलघाट, माझीटार, सुभाङ, अमरपुर, गणेशचोक सडक भनिएको छ । यो राजमार्गको १ सय ४८ किलोमिटर निमार्ण भई बाटो ग्राभेलस्तरमा हँुदै गरेको छ । ०७४ जेठदेखि सुरु भएको यसको निर्माण कार्य ०७७ फागुनमा सम्पन्न गर्ने लक्ष लिइएको जनाइएको छ । यस क्षेत्रमा चार किलोमिटर ट्रयाक खोल्न बाँकीरहेको आयोजकले जनाएको छ ।

शिलान्यास समारोहमा मन्त्री नेम्वाङले निर्माण निकायलाई समयमा काम सक्न निर्देशन दिएका छन् । यो बाटो छिटो कालोपत्रे हुने र सुविधा हुने मन्त्री नेम्वाङले जनसमुदायलाइ आस्वस्थ पारे ।  निर्माणले नागरिकलाई यातायातमा सहज मिलेको भन्दै फिदिम नगरप्रमुख ओनाहाङ नेम्वाङले मन्त्री नेम्वाङलाइ धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, सरकारी कर्मचारी, सुरक्षा अधिकारी, गाउँले जनसमुदाय, सरकार, प्रतिपक्ष नेकपाका महिला कार्यकर्ताहरूको बाक्लै सहभागिता रहेको थियो ।

प्रतिक्रिया