गुडविल फाइनान्सको १२ प्रतिसत लाभांस

काठमाडौ । गुडविल फाइनान्स लिमिटेडले आ.ब. २०७६/०७७ को आय व्यय विवरण तथा उक्त आ.वको नाफाबाट ८.४ प्रतिसत बोनस शेयर तथा ३ दशलमव ६ प्रतिसत नगद लाभांश गरि १२ प्रतिसत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
फाइनान्सको २६ औ वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःले आ.व. २०७६÷०७७ को बार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३ दशलमव १८ प्रतिसतले वृद्धि तथा कर्जा तर्फ १५ दशलमव ८८ ले वृद्धि गरेको साखले बताएको पनि फाइनान्सले जनाएको छ ।
सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सबै आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको सभामा जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया