‘कांग्रेसले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्दैन’

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने विश्वास नभएको बताएका छन्। उनले प्रधानमन्त्री ओलीले गत पुस ५ मा गरेको प्रतिनिधि सभा भंगले प्रजातन्त्र नै खतरामा परेको बताए ।

बिहीबार पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई सम्बोधन गर्दे देउवाले भने, – ‘प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरेका छन्। तर प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।’

ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको बताएका उनले सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भन्ने दवाव कांग्रेसले नदिने प्रष्ट पारे ।

उनले भने ‘हामीलाई विश्वास छ अदालतले विवेक प्रयोग गर्नेछ। अदालतमा विचाराधीन मुद्दामा यो गर ऊ गर भन्न मिल्दैन। हाम्रो पार्टीले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्दैन ।’

प्रतिक्रिया