मेगा बैक र उद्यमसिल महिला महासंघ सम्झौता

काठमाडौं । मेगा बैंकले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम–व्यवसायलाई प्रवद्र्धन गरी नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेकी हुन । सम्झौतापश्चात् बैंकले महासंघसँग आबद्ध उद्यमी महिलालाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने जनाएको छ ।

बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयमार्फत् छिटो–छरितो ढंगले प्रदान गरिने बताइन् । महासंघकी अध्यक्ष बुढाथोकीले बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गर्न लागेको बताएकोे पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया