रोनाल्डो सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् ?

लण्डन । युभेन्टस्ले सास्सुओलोविरुद्ध ३–१ को जित निकालेको खेलमा गोल गरेसँगै रोनाल्डोले आफ्नो करियरको कुल गोलसंख्या ७ सय ५९ पुु¥याए । धेरै मिडियामा रोनाल्डो अब इतिहासकै सर्वाधिक गोलकर्ताको सुचीमा संयुक्त रुपमा पहिलो स्थानमा रहेको समाचार आयो ।  रोनाल्डोले स्र्पोटिङ लिस्बनका लागि ५, म्यानचेस्टर युनाइटेडका लागि १ सय १८, रियल म्याड्रिडका लागि ४ सय ५०, युभेन्टस्का लागि ८४ र पोर्चुगलका लागि १ सय २ गोल गरेका छन् । त्यसकारण, उनले ७ सय ५९ गोल गरेकामा कुनै दुविधा छैन । तर, विगतमा सर्वकालिन सर्वश्रेष्ठ गोलकर्ता रहेका खेलाडीहरुले गरेको गोलका तथ्याङ्कबारे भने धेरै दुविधा कायम छन् ।

रेकर्ड डट स्पोर्ट डट सकर स्ट्याटिसटिक्स फाउन्डेसन –आरएसएसएसएफ) का अनुसार जोसेफ बिक्यान फुटबलका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् । कहिल्यै माथिल्लो डिभिजनमा फुटबल नखेलेका यी खेलाडीले केवल ५ सय ३० खेलमा ८ सय ५ गोल गरेका छन् । त्यसैगरी आफ्नो करियरमा रोमारियोले ७ सय ७२ र पेलेले ७ सय ६७ गोल गरेका छन् । २००१ मा निधन भएका बिक्यानले आफ्नो करियरका दौरान र्यापिड भियना र स्लाभिया प्रागबाट व्यवसाहिक फुटबल खेलेका थिए, उनले अस्ट्रिया र चेकोस्लोभाकियाका लागि पनि खेले । यी खेलाडीको करियर १९३१ देखि १९५५ सम्म रह्यो । यद्यपि ८ सय ५ गोलमध्ये २७ गोल र्यापिडको रिजर्भ र एम्योचर टिका लागि थिए । त्यस्तै, उनले गरेका केही गोल आधिकारीक अन्तर्राष्ट्रिय खेलका थिएनन् ।

यी सबैलाई हटाउने हो भने बिक्यानले आफ्नो करियर टुंग्याउँदासम्म ४ सय ९५ खेलबाट ७ सय ५९ गोल गरेका थिए । सायद, किनकी आरएसएसएसएफका अनुसार सन् १९५२ को चेक गणतन्त्रको दोस्रो डिभिजन लिगका केही तथ्याङ्कहरु हराइरहेका छन् ।

अब पेले र रोमारियोको रेकर्ड के हो ?
फेरि यहाँ पनि केही विवाद छन् । दुबै ब्राजिली खेलाडीहरुले करियरमा १ हजारभन्दा धेरै गोल गरेको दाबी गरेका छन् । बार्सिलोनाका लियोनल मेसीले भर्खरैमात्र पेलेले सान्तोषका लागि गरेको ६ सय ४२ गोलको रेकर्ड ब्रेक गरेका थिए । यसपछि पेलेले मेसीलाई बधाई पनि दिए । तर, सन्तोषले विज्ञप्ति जारी गर्दै मैत्रीपूर्ण खेलसमेत जोडेर पेलेले क्लबका लागि १ सय ९१ गोल गरेको दाबी गरेको छ ।

पेलेको आफ्नै इन्स्टाग्राम एकाउन्टको बायोडाटामा लेखिएको छ,‘ सर्वकालिन सर्वाधिक गोलकर्ता (गोलसंख्या– १२८३) तर, मैत्रीपूर्ण र अनाधिकृत गोललाई हटाउने हो भने पेलेको सान्तोष, ब्राजिल र न्यूयोर्क कसमसको गोलसंख्या जोड्दा ७ सय ५७ हुन आउँछ । रोमारियोले २००७ मा १ हजार गोल पूरा गरेको खुसीयाली मनाए । तर यसमा युवा टोलीबाट खेल्दा, मैत्रीपूर्ण खेल र प्रदर्शनी खेलको नतिजा पनि समावेश छ । यी ब्राजिलियनले आफ्नो करियरमा प्रतिस्पर्धात्मक खेलमा ७ सय ४५ गोल गरेका थिए । उनले दक्षिण अमेरिका, युरोप, एशिया र अस्ट्रलियाका विभिन्न क्लबबाट खेले । यद्यपी, यसक्रममा उनले गरेका गोलसंख्यालाई फरक रिपोर्टले फरक रुपमा प्रस्तत गरेका छन् ।

त्यसैले यस प्रश्नको जवाफ सायद हुनसक्छ रोनाल्डो अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा हुनसक्छन् । सायद, तर पक्कापक्की छैन । मेसी रोनाल्डोभन्दा ४० गोलले पछाडि छन् । बार्सिलोना र अर्जेन्टिनाका लागि उनले अहिलेसम्म ७ सय १९ गोल गरिसकेका छन् । अहिलेको युगमा तथ्याङ्क र गोलसंख्यालाई आधिकारिक रुपमा रेकर्ड गरिएको हुन्छ । बुधबार जिनोआविरुद्ध कोपा इटालियाको खेलमा उत्रँदा रोनाल्डोसँग यो ‘सायद’ संयुक्त कीर्तिमान भंग गर्दै नयाँ ‘सायद’ कीर्तिमान राख्ने मौका मिल्नेछ ।

प्रतिक्रिया