काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र र संविधानमाथि भएको आक्रमण विरुद्ध आफूहरु लागेको बताएका छन । नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित दाहाल–नेपाल समूहको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । जनताको वलिदानीबाट बनेको संविधान धरापमा परेको छ, बताउदै प्रचण्डले आफूहरु ले उखान टुक्का सुनाउन र कमेडि देखाउन आमसभा नगरेको बताए ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अहिले भइरहेको भेलामा सम्वोधन गरिरहेका दाहालले ओलीका कारण मुलुकमा गम्भीर संकट देखापरेको र त्यो निरुपणका लागि भेलाहरु गरिरहेको दाबी गरेका हुन्। उनले भने, ‘हामी यहाँ कुनै प्रहसन गर्न, उखानटुक्का भन्न, उत्तेजित भाषण गर्न उपस्थित भएको होइन। मुलुक गम्भीर संकटमा परेको र त्यसको उद्धारका लागि आफूहरु भेला भएको हो।’
पार्टी एकताका बेला कुनै पनि राजनीतिक द्विविधा नभएको र कसैको पनि विमति नभएको पनि उनले बताए। सर्वसम्मत पार्टीको विधान पारित भएको पनि उनले स्मरण गराए। पार्टी एकता गर्दा हतरपतर नगरेको र पार्टीलाई बेवास्ता पनि नगरेको उनले स्पष्ट पारे।
‘तर आज त्यो एकताको प्रतिवेदन र विधान कार्यान्वयन गर्नुपर्छ भन्ने प्रस्ट भए पनि व्यक्ति नै हाबी भएको छ। बहुमत सबैले मान्नुपर्ने भन्दै पार्टीको निर्णय नै सबै कुरा भएको छ’ उनले भने, ‘पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकमा ७० प्रतिशत समितको उपस्थिति भएको र त्यो केन्द्रीय समितिले राजनीतिक प्रतिवेदक र एकताका बेलाको व्यवस्थालाई अनुशरण गरेको छ।’
प्रतिक्रिया