रंग‍-विविध

वरिष्ठ गीतकार कालीप्रसादको ‘मिस्सिएर दुईटा खोला’ सार्वजनिक (भिडियो)

सौर्य अनलाइन २०७७ पुष २९ गते १४:०६ मा प्रकाशित

काठमाडौं । वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द रहेको ‘मिस्सिएर दुईटा खोला’ बोलको गीत भिडियोसहित रिलिज भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका रीता केसी र राज सागरको स्वर रहेको छ । गीतमा एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् ।

गीतको भिडियो अमर ओलीले निर्देशन गरेका हुन् । ठुलो पर्दाको फिल्म निर्देशन गर्दै आएको निर्देशक ओलीले भिडियोमा प्रेमकथा बुनिएको बताए । रुपकसिंह बुढाथोकी र आयुष्मा कार्कीको अभियन भिडियोमा देख्न सकिन्छ । उनीहरुको जोडी भिडियोमा परफेट देखिएको छ । भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन् ।

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय