प्रदर्शनीमा प्रज्ञाका पुस्तक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक महिने पुस्तक प्रदर्शनी सुरु भएको छ । कमलादिस्थित प्रज्ञा भवनमा भएको पुस्तक प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित सबै पुस्तक राखिएको छ । प्रदर्शनीको शुभारम्भ गर्दै कुलपति गंगाप्रसाद उप्रेतीले हाल साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पुस्तक पु¥याउने र प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउन आफूहरु लागिपरेको बताए । उनले भने, ‘प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने भएकाले हरेक वर्ष प्रदर्शनी गर्दै आएको छ ।’ उनले बिक्री प्रवद्र्धन, लेखक र पाठकको जम्काभेटका लागि लेखक, प्रकाशक र पाठकको त्रिकोणात्मक भेट हुने थलो भनेको पुस्तक प्रदर्शनी भएकाले यसको महत्व बढ्दै गएको जिकिर गरे ।

प्रतिष्ठानले २९९औँ पृथ्वीजयन्तीको अवसर पारेर पुस्तक तथा पत्रपत्रिकाहरु प्रदर्शनी गरेका जनाउँदै यस्ता आवधिक प्रदर्शनीले पुस्तकप्रेमीको उल्लेख्य सहभागिता हुने विश्वाससमेत व्यक्त गरें । प्रतिष्ठानबाट २०१५ सालदेखि कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्द्येलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कारदेखि २०७७ सालसम्म प्रकाशित पुस्तक प्रदर्शनीमा राखिएको छ । प्रतिष्ठानबाट पछिल्लो समय प्रकाशित प्रा.दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेका दर्शनावली भाग ७, काव्य विमर्श र नेपालका जातीय संस्कार खण्ड १,२,३,४,५ र ६ लगायतका सयौं पुस्तक प्रकाशन भइसकेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा पुस २६ गतेदेखि सुरु भएको प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७७ पुस तेस्रो सातासम्मका प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको प्रदर्शनी व्यवस्थापक सुधिर ढुङ्गेलले जानकारी दिए । उनका अनुसार धिमाल लोकजीवन अध्ययन, कार्वोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौं संस्करणसमेत प्रदर्शनी समावेश गरिएको छ ।

उनले नवरसका धाराप्रवाह गर्ने धेरै संख्याका पुस्तक एकै ठाउँमा आरामसँग हेर्न, पढ्न र मनपरेका पुस्तक छानेर किन्न पाइने जनाए । प्रतिष्ठानका सदस्य सचिव डा.जगतप्रसाद उपाध्यायले प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शन सम्बन्धित पुस्तक राखिएको बताए । उनले कविता, प्रज्ञा, समकालीन साहित्य थायभू आँगन लगायतका विविध विषयका पठनीय र अति उपयोगी झण्डै ४८५ वटा पुस्तक पत्रपत्रिका प्रदर्शनीमा राखिएको जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा लोकवार्ता विवेचना, तुफुका कविता, वोटे भाषाको व्याकरण, मातृभाषा साहित्यको इतिहास, विश्वप्रख्यात नारीका कथाहरु र प्रज्ञा नेपाली समालोचना, प्रज्ञा मैथिली नेपाली शब्दकोष, चीनका प्राचीन कथा, अमरकोश प्रज्ञा भोजपुरी नेपाली शब्दकोष, भरतमुनिको नाट्यशास्त्र, अनुवाद सिद्धान्त, माथुरी पञ्चलक्षणी, दर्शनवाली भाग ७, अनुवाद सन्दर्भग्रन्थ, काव्य विमर्श, द्वन्द्ववाद र पौरस्त्य दर्शन र पाकिस्तानी महिलालेखन लगायत ४० भन्दा बढी पुस्तक राखिएको छ । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अंग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको र प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७७ सालसम्मका पुस्तकमा ४० प्रतिशत छुटको व्यवस्था रहेको प्रदर्शनी व्यवस्थापक ढुंगेलले जानकारी दिए ।

उनले ‘माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु. ३ देखि नेपाली बृहत् शब्दकोशको रु १८९५÷– सम्मका पुस्तक प्रदर्शनीमा राखिएको बताए । ढुंगेलले यसभन्दा अघिका प्रदर्शनीमा बढी साहित्यका अनुसन्धान विद्यार्थी पुस्तक किन्न आउने गरेका, बालसाहित्यका समावेश धेरै पुस्तक बिक्री भएको, दैनिक ३०० सयभन्दा बढी पाठक पुस्तक प्रदर्शनी अवलोकन गर्न आउने र दैनिक बीस हजारभन्दा बढीको पुस्तक बिक्री हुने गरेको जानकारी दिए । उनले प्रदर्शनी दैनिक पाठकको उल्लेख्य सहभागिता बढिरहेको सुनाए ।

प्रतिक्रिया