प्रधानमन्त्री ओलीको कदमलाई घुँडा टेकाएरै छाड्छौँ : नेकपा पाँचथर

पाँचथर । नेकपाको दाहाल–नेपाल पक्ष पाँचथरले प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छाड्ने बताएको छ । नेकपाले सोमबार फिदिममा पत्रकार सम्मेलन गर्दै केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने बताएको हो । नेकपा पाँचथरले केपि ओलीले असंबैधानिक, स्वेच्छाचारी, सर्वसत्तावादी कदम प्रयोग गरी प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै विरोध जनाएको छ ।

बिज्ञप्तीमा भनिएको छ, ‘तीन करोड नेपाली जनताको ईच्छा, भावना विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको यो अधिनायकवादी कदमलाई घुडा टेकाएरै छाड्नु सबैको दायित्व हो ।’ संबिधानले ब्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिनिधि सभा पुर्नस्थापनाको लागि संघर्षको आधिवेशरी सृजना गर्न पाँचथर नेपाका संयोजक होम जवेगुको संयोजकत्वमा केन्द्रिय तथा जिल्लासदस्य रहेको १ सय ११ सदस्य जिल्लासंघर्ष समिति गठन गरीएको जनाएको छ ।

संर्घष समितिले आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । जसमा घरघरमा पर्चा बितरण, पार्टी वडा कार्यालयहरुमा पोष्टरिङ र कोलो झण्डा गाड्ने, मुख्य सहरहरुमा मोटरसाइकल र्याली , केन्द्रबाट घोषित अन्य कार्यक्रम समावेश छन । आन्दोलनका कार्यक्रम घोषणा गरे पनि अन्य घोषित आन्दोनका स्वरुप र मिति भने बिज्ञप्तीमा उल्लेख छैन ।

 संञ्चारकर्मीहरुको जिज्ञासामा जवेगु र नेकपा नेता तिवेन्द्र राज चापागाईले पाँचथरमा  ७० प्रतिसतमा बहुमतमा रहेकाले आफूहरु संस्थापन रहेको दावि गरेका छन । आफूहरु संस्थापन भएकाले नेकपा नाम र सुर्य चिन्नसमेत दाविरहेको पत्रकार सम्मेलनमा नेताहरुले जनाएका हुन । पत्रकार सम्मेलनका लागि आयोजकले आफू संस्थापन पक्षको भन्दै सुधारिएको अभिवादन भन्दै सम्वोधन गरिएको थियो ।

प्रतिक्रिया