दैलेखमा लागुऔषधसहित युवा र युवती पक्राउ

दैलेख । जिल्लामा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ पक्राउ परेका छन् । शनिबार साँझ ५ बजेको समयमा दैलेख जिल्लाका गाँउपालिका– २ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, दैलेखले उनिहरुलाइ आज सार्वजनीक गरेको छ ।

कोहलपुर नगरपालिका वडा नं. १० कालिकानगर बाँके बस्ने वर्ष २७ की सिर्जना गुरुङ् र बाँकेकै बैजनाथ गाँउपालिका– १ गाभर बस्ने वर्ष २१ का बिशाल रोकायलाई फेला पारी शसिर चेक गर्दा सिर्जना गुरुङ्ले आफ्नो खुट्टाको मोजामा लुकाईराखेको ४० पुडिया बनाई धागोले बेरिराखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो धुलो पदार्थ र बिशाल रोकायाको साथबाट नगद रु ३४,००० बरामद गरी दुवै जनालाई जिल्ला अदालत दैलेखबाट लागुऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमती लिई थप अनसुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरिवेक्षक अनुपम श्रष्ठले बताए ।

प्रतिक्रिया