नेकपा विभाजन लोकतन्त्रका लागि खतरा

डा. डिआर उपाध्याय

अब नेताहरू हारुन् तर देशले जितोस् भन्ने आमनागरिकको भनाइ छ । नेताले हार्दैमा केही फरक पर्दैन तर देशले हा¥यो भने धेरै कुरामा प्रभाव पर्छ । अब यो देश जोगाउनका लागि पनि सबै न्यायप्रेमी, देशप्रेमी र सचेत नागरिकहरू जाग्नुपर्ने अवस्था सिर्जना भएको छ त्यसैले भनिन्छ, राजनीति भनेको फोहोरी खेल हो, नेताको प्रवृत्ति, अहंकार र संस्कृति देख्दा ।

अहिले नेकपामा दुबै पक्षतिर आआफ्ना समूहका बैठक, भेलाहरू भइरहेका छन् । यसले के जनाउँछ भने अब नेकपा सग्लो रहेन । अहिले दुबै पक्षका नेता तथा कार्यकर्तामा तानातानको अवस्था सिर्जना भएको छ । एक पक्षले आफू पक्षमा पार्न खोज्ने र अर्को पक्षले पनि आफू पक्षमा पार्न खोज्ने प्रतिष्पर्धा चलेको दृश्य देखिन्छ । नेकपा विभाजनबाट आमजनता खुसी छैनन्, निरास र हतोत्साहित भएका छन् । जनताले सुरुआती दिनमा निकै भरोसा र आशा गरेका थिए नेकपाबाट, तर जनताले सोचेजस्तो नहुँदो रहेछ । यतिबेला आमजनतालाई ‘जुन जोगी आए पनि कानै चिरेका’, जस्तो उखान चरितार्थ भएको छ ।

संघीय संसद्मा झन्डै दुईतिहाइको सरकार रहँदा पनि देश र जनताको पक्षमा लोकप्रिय काम गर्न नसकेर आन्तरिक विवादमा पार्टी पर्दा यो समस्या उत्पन्न भएको हो । यो सत्ता स्वार्थको खेल हो । यहाँ सबै कुरा सत्ता स्वार्थभित्र लुकेको छ । आफू सत्तामा पुग्दा सबै ठीक हुने, आफू सत्तादेखि बाहिर हुँदा सबै बेठीक हुने यो राजनीतिक दल र तिनका नेताहरूको परम्परा देखिको रोग हो । यस्तो प्रवृत्तिले मुलुकलाई हित गर्दैन । मुलुकको भाग्य र भविष्यनिर्माण गर्न नखोज्नुको परिणाम हो यो । संसद् विघटन पछिको यो अवस्था के कसरी अगाडि बढ्छ सबैको चासोको विषय बनेको छ । मध्यावधि निर्वाचनको मिति त तोकिएको छ तर निर्वाचन हुन्छ या हुँदैन त्यसमा पनि प्रश्न उठिरहेका छन् । दलहरू सहभागी नभएको निर्वाचनको कुनै अर्थ रहने छैन । दलहरू निर्वाचनमा सहभागी नहुने, विघटित संसद् नै ब्युत्याउने दौडधुपमा लागेका छन् । आमजनता कसका कुरा सही र गलत हो भनी छुट्याउनै नसक्ने गरी अन्योलमा परेका छन् । अब नेताहरू हारुन् तर देशले जितोस् भन्ने आमनागरिकको भनाइ छ । नेताले हार्दैमा केही फरक पर्दैन तर देशले हा¥यो भने धेरै कुरामा प्रभाव पर्छ । अब यो देश जोगाउनका लागि पनि सबै न्यायप्रेमी, देशप्रेमी र सचेत नागरिकहरू जाग्नुपर्ने अवस्था सिर्जना भएको छ त्यसैले भनिन्छ, राजनीति भनेको फोहोरी खेल हो, नेताको प्रवृत्ति, अहंकार र संस्कृति देख्दा ।

अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । यो देशको चिन्ता राजनीतिकदल र तिनका नेताहरूलाई नभएको आमनागरिकलाई महसुस भएको छ । जनता भोकै बसुन् वा जेसुकै गरुन् नेताहरूलाई कुनै चासो नै छैन । यदि चासो हुन्थ्यो भने यो देशलाई निकास दिन सही बाटोमा दलहरू लाग्थे । सत्तामा पुगेपछि आन्तरिक विवाद गर्ने, पार्टी फुटाउने खेल अहिले मात्रै होइन यो भन्दा पहिला धेरै पार्टीहरूले गरे । विगतमा पनि फुट्ने र जुट्ने शृंखला भएकै हो । यो कुनै नौलो कुरा होइन । अहिले सत्तारूढ दल नेकपा विभाजनको पनि त्यहीप्रवृत्ति हो । भोलि आफ्नो लेनदेनको कुरा मिले फेरि मिल्छन् । यसलाई आश्चर्यको रूपमा लिनु जरुरी छैन । विगतमा नेकपा (एमाले) फुटेर माले भएको थियो । फुटेको केही वर्षपछि बामदेव नेतृत्वको माले तत्कालीन एमालेमा फर्केको थियो । नेता तथा कार्यकर्ता शुभेच्छुक जनता फुटको पछि लाग्दैनन् भन्ने कुरा इतिहासले पुष्टि गरेको छ । अरू पार्टीभन्दा बढी कम्युनिस्टहरू नै फुट्ने गरेका छन् ।

नेपालको कम्युनिस्ट इतिहासमा चिराचिरामा विभाजित धेरै कम्युनिस्ट नामधारी पार्टीहरू छन् । कम्युनिस्टहरू पदको लागि फुट्छन् भन्ने कुराको पुष्टि भएको छ । अहिलेको सत्तारूढ दल नेकपा विभाजन हुनुमा विचार, नीति र सिद्धान्त नभएर सत्ताको लागि भएको प्रष्ट देखिन्छ । नेताहरू बीच व्यक्तिगत टकरावका कारण पार्टी विभाजन भएकोले यसले आमनेता, कार्यकर्ता र जनतामा केही क्षति पु¥याएको छ । केही सीमित नेताहरूको टकरावका कारण सिंगो मुलुक बन्धक बनेको छ । आखिर यो फुट किन ? नेकपाका नेताहरूले जनतालाई प्रष्ट पार्नु जरुरी देखिन्छ । मुलुकलाई विकास, समृद्धि र सुशासन दिन्छौँ भनेर हिजो जनतासँग वाचा गरेका कुराहरू पूरा नगर्दै आखिर यो फुट किन ? अहिले नेकपा फुट्नु हुँदैनथ्यो । यो फुटले देशलाई दुरगामी प्रभाव पारेको छ । नेकपा फुटाल्न देशी–विदेशी शक्तिहरू लागेको हुनुपर्छ । नेकपा फुटमा प्रतिगामीहरू खुसी भएका छन् । लोकतन्त्रवादी शक्तिहरूलाई यो फुटले कमजोर बनाएको छ । अब लोकतन्त्रवादी शक्तिहरू सचेत र जागरुक बन्नुपर्ने आवश्यकता देखिन्छ । अब देशको राजनीति कता जाने हो, यो नै सबैलाई चिन्ताको विषय बनेको छ । अहिले कार्यकर्ता प्रचण्ड–नेपाल, केपी समूहतिर आधा–आधा बाँडिएको अवस्था छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि ‘संवैधानिकता’ को प्रश्न उठेको छ । सडकमा आन्दोलन चलेको छ । जनता सडकमा आउन थाले । आगामी राजनीति त्यति सहज छैन । देश अराजकतामा जाने खतरा देखियो ।

संसद् विघटन गरिएको विषय सम्मानित सर्वोच्च अदालतमा गइसकेकाले अब त्यहाँबाट नै अन्तिम फैसला हुने नै छ । ओलीको नेकपा र माधव–प्रचण्डको नेकपामा आरोप–प्रत्यारोप चलिरहेको छ । यीदुवै समूहले आफू अनुकूलको बातावरण निर्माण गर्न खोजिरहेका छन । समानान्तर कमिटी निर्माण र एउटै नाम राखेका यी दुई पक्ष अब एकले अर्कालाई सिध्याउने दाउमा छन् । सत्ताधारी पार्टीभित्रका यी दुई समूहको कलहले मुलुकको राजनीतिक गतिरोध गहिरिँदो छ । लोकतन्त्रखतरामा जान थाल्यो । यो विभाजन आपैmँमा गलत छ । जनतालाई धोका भयो । राजनीतिमा बेइमानी भयो । बेइमानको राजनीति लामो समय टिक्दैन । यो क्षणिक हो । जनताको समस्या नबुभ्mनेले देशको मुहार कसरी फेर्छन् । यी सब ढाँट कुरा हुन् । जनता अलमल्याउने कुरा हुन् । अब जनताको विश्वास जित्न नेताहरूलाई त्यति सजिलो हुने छैन । पार्टी विभाजन पछि नेताहरू जुहारी खेलिरहेका छन् । अहिले लोकको जग हाँसिरहेको छ । नेता तथा कार्यकर्ताको मनोबल माथि उठ्न सकेको छैन । ठूला पार्टी विभाजित हुनु भनेको लोकतन्त्रका लागि खतरा हो । अहिले लोकतन्त्रलाई खतरा छ । सबै उपलव्धिहरू गुम्ने हुनकी भन्ने चिन्ता छ ।

सत्तारूढ पार्टीको विभाजनसँगै वैधानिकता र संसद् विघटनसँगै संवैधानिकताका कुरा प्राथमिताका साथ उठिरहेका छन् । पार्टी विभाजन हुनु भनेको नै कमजोर हुनु हो । यसका लागि नेताहरूमा परिपक्वता र जिम्मेवारी महसुस हुनु जरुरी छ । नेताहरू एकआपसमा लड्ने र कार्यकर्ताहरूलाई भिड्याउने प्रवृतिले दुबै समूहलाई फाइदा छैन । नेकपाका नेताहरू अहिले आफ्नो घर जलाएर आगो तापिरहेका छन् । क्षति भएको कुरा किन बुझ्दैनन् । अब के हुन्छ कुनै टुंगो छैन । यो घटना क्रमले छिमेकीको चासो बढेर गएको छ । प्रतिनिधिसभा विघटनको घटनालाई स्वदेशीले मात्रै नभएर दक्षिणी र उत्तरी छिमेकीले समेत चासोको रूपमा हेरेका छन् । आन्तरिक विवादमा विदेशीको अस्वाभाविक चासोले मुलुक भने प्रयोगशाला जस्तै बनेको छ । यो नै समस्या हो । दल र तिनका नेताहरू ठीक ढंगले अघि बढ्न सकेनन् । नेताहरू ढाँटने, छल्ने प्रवृत्तिका भए । जसले गर्दा समस्या बढेर गएको छ ।

दल र तिनका नेताहरू नसुध्रिएसम्म विदेशीको चलखेल अन्त्य गर्न कठिन छ । मुलुकको हरेक राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्ष भूमिका रहँदै आएको थियो । नेपालको विकास तथा परिवर्तनसँग सम्बन्धित विषयमा निर्णय लिन नेपालका राजनीतिकर्मी आपैmँ सक्षम भइसक्दा पनि विदेशीको सहारा खोज्ने प्रवृत्तिका कारण अहिलेको अवस्था आएको हो । यो कुरा बुभ्mन सबैले जरुरी छ । छिमेकीलाई मात्रै दोष दिएर नेताहरू पन्छिन मिल्दैन । यो दोषका मुख्य भागीदार हाम्रै नेताहरू हुन् । छिमेकी रिझाउन नेताहरू सिपालु छन् । सत्तामा पुग्नका लागि जे पनि गर्न तयार छन् । सत्तामा टिकिरहन नेपाली राजनीतिकर्मीले कोशिस गरिरहेका हुन्छन् । मुलुकमा ठूलाठूला आन्दोलन नेपाली जनताकै बलमा सम्पन्न भएका थिए र वर्षौंदेखि जरा गाडेर बसेको राजतन्त्र बिदा गरेर गणतन्त्र ल्याउने अभियानको नेतृत्व नेपाली जनताले नै गरेका थिए । यो यथार्थ कसैले पनि बिर्सनु हुँदैन । अब पनि विदेशीको बलमा सत्ता टिकाइराख्न सकिन्छ भन्ने भ्रम सबै दलका नेताले त्याग्नुपर्छ ।

प्रतिक्रिया