जाकर्ताबाट ६२ यात्रुसहित उडेको जहाज दुर्घटनाग्रस्त

जाकर्ता । इन्डोनेसियाको राजधानी जाकर्ताबाट ६२ यात्रुसहित उडेको जहाज दुर्घटनामा परेको आंकलन गरिएको छ । इन्डोनेसियाली मिडियाले जहाज दुर्घटना भएको जनाएका छन् । यद्यपि सरकारबाट औपचारिक रुपमा यसको पुष्टि गरिएको छैन ।

बोइङ ७३७ जहाज सम्पर्कविहीन भएपछि समुद्रमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ । २० वर्ष पुरानो श्रीविजय जहाज पश्चिम कालिमान्टन प्रान्तका लागि उडेको थियो । प्रतक्षदर्शीहरुका अनुसार जहाज विस्फोट भएको आवाज आएको र दृश्य देखिएको थियो ।

प्रतिक्रिया