सल्यान । सल्यानमा बालविवाह पीडित बालिका सामूहिक बलात्कार भएको छ । शारदा नगरपालिका निवासी १५ वर्षीया बालिकालाई शारदा नगरपालिका–४ का २२ वर्षीय सुरेश बस्नेत र २२ वर्षीय मनोज गिरीले सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आमा नभएको तथा बुबा सुस्त मनस्थिति भएकाले आफन्तमा बस्दै आएका पीडित बालिकालाई पुस ८ गते सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेपछि पीडितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पीडित बालिकाका बुबा रोजगारीका सिलसिलामा अन्य जिल्लामा गइरहने हुँदा बालिका आफन्तहरूको घरमा बस्ने गरेको प्रहरीले जनाएको छ । बुबाआमाको संरक्षण नपाएपछि बालिका कहिले सानीआमा, मामाघर र कहिले आफूसँग बस्दै आएकी बालिकाकी माइलीआमाले जानकारी दिइन् । आफन्तहरूकोमा बस्ने क्रममा आफूसँग बस्दै आएकी बालिकालाई आपूm घरमा नभएको समयमा पुस ८ गते बेलुका घरमै आएर दुई जनाले बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले प्रहरीमा दिएको उजुरीको आधारमा आरोपितहरूलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
पिडित बालिकालाई गत १२ मंसिरमा घरमा पत्नी हँुदाहँुदै ललाइफकाइ गरेर विवाह गर्न लिएको भन्दै वागचौर नगरपालिका–१ कोटवेत निवासी २७ वर्षीय महेश बस्नेतलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाएको छ । घरमा पत्नी हुँदाहुँदै बहुविवाह गरेको थाहा पाएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
जेठी पत्नीबाट छोराछोरी छैनन्, तिमीलाई म पाल्छु दुःख दिन्न भन्दै बालिकालाई आफन्तको घरमा बसिरहेको अवस्थामा १२ मंसिरमा भगाएर लगेका आरोपित बस्नेतलाई प्रहरीले गते पक्राउ गरेको थियो । बस्नेतलाई पक्राउ गरेपछि बालिकालाई आफन्तको जिम्मा लगाइएकोमा बालिका पुनः सामूहिक बलात्कारको सिकार हुन पुगेकी हुन् ।
अहिले पनि बालिका जोखिममा रहेको र आवश्यक संरक्षणका लागि पहल गरिदिनका लागि आफन्तहरूले सबैमा अनुरोध गरेका छन् ।
यसैबीच सिद्धकुमाख गाउँपालिकलामा १५ वर्षीय एक बालिकालाई बलात्कार गरी एक व्यक्ति फरार भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ निवासी १८ वर्षीय राजु केसीविरुद्ध उजुरी परेपछि फरार भएको प्रहरीले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएकी पीडित बालिकाको बुबा र आमा मजदुरीको सिलसिलामा काठमाडाैंमा रहेको र बालिका मामाघरको हजुरआमासँग बस्दै आएको समयमा घटना भएको पीडित परिवारले बताएको छ । आरोपितले यसअघि पनि पटकपटक बालिकालाई ललाइफकाई बलात्कार गरेको छोरीले भनेपछि आपूmले काम गर्न छोेडेर काठमाडाैंबाट घर फर्किएपछि मात्रै प्रहरीसामु पुगेको पीडित बालिकाकी आमाले जानकारी दिइन् ।
प्रतिक्रिया