विराटनगर । मोरङको उर्लाबारीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । झापाको काँकडभिट्टाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले शनिबार साँझ उर्लाबारी नगरपालिका–४ मा मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा झापाको दमक नगरपालिका–४ निवासी ३२ वर्षीय प्रदीप कार्की रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा अरनिको अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार दमक–४ का २७ वर्षीय उत्तम कटुवाल गम्भीर घाइते भएका छन् । अरनिको अस्पतालमा उपचार हुन नसकेपछि कटुवाललाई थप उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको छ । ठक्कर दिने बस र चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ४७ वर्षीय पुलकित राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया