कामना बैक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौ । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘करपोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

यस सेवा मार्फत करर्पाेरेट ग्राहकले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानी र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्ट घरमै बसि भुक्तानी गर्न सक्ने छन् । बैकंले सो सम्झौता पश्चात यो सेवा कर्पाेरेट गा्रहकका लागि छिट्टै नै सञ्चालनमा ल्याइने विज्ञप्तिमा उल्लेख छ ।

यस सेवाले कोभिड– १९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्नेछ । बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्स्टेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बंैकिग प्यालटर्फम मार्फत ग्राहकलाइ सेवा तथा सुविधा प्रदान गदै आइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया