खुमलटारमा प्रचण्ड र गौतमबीच वार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतम र अध्यक्ष (प्रचण्ड–नेपाल समुह) पुष्पकलम दाहालबीच शनिबार वार्ता भएको छ ।

प्रचण्डसँगको वार्ताका लागि शनिबार बिहान गौतम खुमलटार पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको नेकपामा अहिलेसम्म गौतमले कित्ता स्पष्ट पारेका छैनन् ।

तर उनले संसद विघटनको विपक्षमा रहेको भने बताउँदै आएका छन् । खुलमटारमा भएको वार्तामा प्रचण्ड–नेपाल समूहका अरु नेताहरु पनि सहभागी थिए ।

प्रतिक्रिया