कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा व्यक्तिगत घटना दर्ताको लागि अनलाई सेवा सुरु गरिएको छ । जन्म, मृत्यु बसाइँसराइ, बिवाह, सम्बन्ध बिच्छेद जस्ता व्यक्तिगत घटनालाई अनलाइन विधिबाट काम गर्नका लागि सेवा प्रारम्भ गरिएको छ ।
शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले शुभकालिका गाउँपालिका वडा न ५ का राजेन्द्र बहादुर शाहीका छोरा रिदम शाहीको अनलाईन जन्मदर्ता प्रमाणपत्र प्रदान गरि अनलाईन सेवा सेवा प्रारम्भ गरेका छन् ।
राष्ट्रिय पारिचयपत्र तथा पञ्जिकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना (VERSP-MIS) ब्यबस्थापन सूचना प्रणालीमा अनलाइन घटना दर्ता सेवा प्रारम्भ कर्मचारी गोपिचन्द्र तिमल्सेनाले बताएका ।
शुभकालिका गाउँपालिका वडा नं. ५ बाट गाउँपालिका अध्यक्ष चौलागाईंले शुक्रबारबाट अनलाईन प्रर्णालीको सुरुवात गरेको बताए । चौलागाँईले भने अब जुनसुकै व्यक्तिगत घटनाहरु दर्ता गर्दा अनलाईन माध्यमबाट हुने भएकाले काम पारदर्शी हुने बताएका छन् ।
गाउँपािलका उपाध्यक्ष पम्फा कुमारी शाहीले पहिलेको तुलनामा अहिलेको अनलाईन दर्ता प्रक्रिया सबैभन्दा निष्पक्ष र पारदर्शी भएकाले यसलाई दिगो टिकाउनु पर्नेमा सबै जनप्रतिनिधी र कर्मचारीको सहयोग सहकार्यको आवश्यकता रहेको बताईन् । शुभकालिका गाउँपालिकाका सम्पूर्ण वडाहरुमा अबको केही दिनमा व्यक्तिगत घटना अनलाईन दर्ता प्रर्णालीको सुरु गर्ने पञ्जिकरण शाखाका कर्मचारी गोपिचन्द्र तिमल्सेनाले जानकारी दिए ।
कालिकाेट
प्रतिक्रिया