नेकपा संसदीय दलको नेता बने प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता चुनेको छ। मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको एक सांसदले जानकारी दिए।

यसअघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए। आजको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो। प्रचण्डलाई संसदीय दलको नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए।

आजको बैठकमा ९० बढी सांसद उपस्थित भएको दाबी गरिएको छ। आइतबार विघटन गरिएको प्रतिनिधि सभामा नेकपा सांसदको संख्या १७४ छ।

प्रतिक्रिया