कमलामाई क्षेत्रमा ५८ वटा सिसि क्यामेरा

सिन्धुली । कमलामाई नगरपालिकाको मुख्य बजार भएको स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । नगरपालिकाले नगर क्षेत्र भित्रको मुख्य बजार भएको स्थानमा ५८ वटा सिसि क्यामेरा जडान गरेको हो । कमलामाई नगरपालिका क्षेत्रलाइ सुरक्षित बनाउन र आपराधिक घटना न्यूनिकरणको लागि सिसि क्यामेरा जडान गरिएको कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले बताए । उनकाअनुसार नगरपालिकाको ०७६/७७ मा सोलार र सिसि क्यामेराको लागि २ करोड बजेट विनियोजन गरेको थियो ।

सोही बजेटमा नगर क्षेत्र भित्र सिसि क्यामेरा जडान गरिएको हो । कमलामाई नगरपालिकाको ९ भिमानमा ६ वटा, ५ मा ११ वटा, ६ मा २७ वटा, त्यस्तै ४ मा १० वटा र ७ मा ४ वटा सिसि क्यामेरा जडान गरिएकोे कमलामाई नगरपालिकाका सुचना प्रविधि अधिकृत लामाले जानकारी दिए ।
कमलामाई नगरपालिकामा अपराध रहित, शान्ति र सुव्यवस्थित बनाउन नगरको मुख्य बजार र चोकहरूमा सिसि क्यामेरा जडान गरिएको लामाले बताए ।

प्रतिक्रिया