गर्भाधान मात्रै पुरुषको दायित्व होइन

अञ्जु कार्की

सन्तान जन्माउने मात्रै होइन हुर्काउने दायित्व पनि प्रकृतिले स्त्री जातिलाई दिएको छ । मानिसबाहेक अन्य प्रायः सबै प्राणीको सन्तान हुर्काउने एकल दायित्व स्त्री जातिकै काँधमा छ । गर्भाधानबाहेक पुरुष जातिको दायित्व अधिकांश प्राणीमा हुँदैन । मानिसमा भने स्त्री र पुरुष दुवै मिलेर यो दायित्व निर्वाह गर्छन् । यस हिसाबले पनि मानिसलाई उन्नत प्राणी भनिएको होला ।

केही दिनअघि झापाको एक समाचारले मिडियामा व्यापक चर्चा पायो । बिर्तामोड नगरपालिका–८ की रेनुका नेपालले पतिको निधनपछि पनि सिन्दुर पोते त्यागिनन् । सिन्दुर पोते लगाएरै पतिको काजक्रिया गरिन् । हाम्रो समाजमा पतिको शवको दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दुर र पोते त्यागिनन् । उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाए । केहीले असहमति पनि जनाए । डेढ दशकअघि साहित्यकार पुष्पलता आचार्यले पनि यसरी नै चर्चा पाएकी थिइन् । उनले पनि पतिको निधनपछि रातो पहिरन त्यागेकी छैनन् ।

हाम्रो धर्मशास्त्रले पति र पत्नीलाई एकअर्काका परिपूरक अथवा आधा–आधा अंग मानेको छ । तर, पत्नीको काजक्रिया पतिले गर्नु पर्दैन । तुरुन्तै अर्को विवाह गर्न पतिले छुट पाउँछ । पत्नीले पहिरन नै परिर्वतन गरी दिवंगत पतिका नाममा आजीवन शृंगारविहीन भएर बस्न हाम्रो समाजले वाध्य पारेको छ । यो वाध्यताको पर्खाल भत्काउने अभियान सुरु भएको पनि धेरै भइसकेको छ । तैपनि पनि यस्तो प्रयासलाई अझै पनि क्रान्ति मान्नुपर्ने अवस्था छ । शिक्षा र चेतनाको यति धेरै विकास भइसक्दा पनि हाम्रो समाज रुढीवादी परम्परामा कसरी जकडिएको छ ? भन्ने यो ज्वलत्न उदाहरण हो । अझ गरुढ पुराणमा त पति मरेपछि पत्नी सती जानुपर्ने कुरा उल्लेख छ । सती जानु भनेको पतिको शवसँगै जिउँदै जलेर मर्नु हो भन्ने अर्थ पनि लगाइयो । जंगबहादुर राणाका पालासम्म यो दानवीय प्रथा जीवितै रहेको थियो । पतिको निधनपछि पत्नीको बाँच्न पाउने अधिकारको कानुनतः संरक्षण गरिएको धेरै लामोसमय भएकै छैन । नयाँ मुलुकी ऐन लागू भएपछि त पतिको निधनपछि अर्को विवाह गर्नसमेत महिलालाई छुट छ । तर, कानुनले छुट दिए पनि समाजले छुट दिएको छैन । समाजले छुट नदिनुका अरू पक्ष पनि छन् । ती पक्षलाई नजरअन्दाज गर्न मिल्दैन ।

सन्तान जन्माउने मात्रै होइन हुर्काउने दायित्व पनि प्रकृतिले स्त्री जातिलाई दिएको छ । मानिसबाहेक अन्य प्रायः सबै प्राणीको सन्तान हुर्काउने एकल दायित्व स्त्री जातिकै काँधमा छ । गर्भाधानबाहेक पुरुष जातिको दायित्व अधिकांश प्राणीमा हुँदैन । मानिसमा भने स्त्री र पुरुष दुवै मिलेर यो दायित्व निर्वाह गर्छन् । यस हिसाबले पनि मानिसलाई उन्नत प्राणी भनिएको होला । जब मानिस पारिवारिक संरचनामा बस्न थाले त्यसपछि मात्रै सन्तान हुर्काउने दायित्व पुरुषले पनि लिएको हुनुपर्छ । यथार्थ र व्यावहारिक कुरा गर्ने हो भने अहिले यति धेरै प्रविधिको विकास भइसक्दा पनि मानिसको पुरुष एक्लैले सन्तान हुर्काउन सक्दैनन्, तर स्त्री एक्लैले सन्तान हुर्काउन सक्छन् । त्यसैले होला पत्नीको निधनपछि पुरुषले तत्काल अर्को विवाह गर्न पाउने तर पतिको निधनपछि पत्नीले नपाउने नियम हाम्रो समाजमा बसालिएको । सायद पतिको निधनपछि पत्नीले श्रृंगार त्याग्नुपर्ने मान्यता राखिनुका पछाडि पनि यही कारण हुनसक्छ । किनकी शृंगारका कारण पुरुषहरू आकर्षित हुन्छन् । असुरक्षा बढ्न सक्छ ।

यदि छोराछोरी नजन्मँदै पतिको निधन भयो भने पत्नीले अर्को विवाह गर्न मिल्ने कि नमिल्ने ? भन्ने सन्दर्भमा हाम्रो धर्मशास्त्र र संस्कार एक ठाउँमा छ, तर समाज भने यो मामिलामा धेरै उदार भइसकेको छ । यस्तो अवस्थाकी महिलाले अर्को विवाह गर्दा समाजले तारिफ गर्न थालेको छ । उदाहरणका लागि केही वर्षअघि दाङमा जन्ती बस दुर्घटना हुँदा बेहुलाको निधन भयो । करिव ६ महिनापछि बेहुलाको परिवारले नै विधवा बुहारीलाई कन्यादान दिए । यो दम्पत्तीलाई समाजले ठूलो सम्मान ग¥यो । करिब ६ महिनाजति त उनीहरू सम्मान थाप्दै मुलुकका विभिन्न ठाउँमा पुगे । त्यसैगरी अहिले चलचित्र अभिनेतृ स्वेता खड्का ठूलो चर्चाका छिन् । पाँच वर्षअघि पतिको निधन भएपछि एक्लै संघर्ष गर्दै आएकी स्वेताले हालै अर्को विवाह गरिन् । उनको यो कदमको स्वागत तथा शुभकामनाले सामाजिक सञ्जाल तथा मिडिया भरिएका छन् । कसैले पनि नराम्रो भनेका छैनन् ।

यसैगरी शृंगारको सन्दर्भमा पनि हाम्रो समाज धेरै उदार भइसकेको छ । एकल महिलाले रंगीन (रातो) शृंगार गर्दा छिटफुटबाहेक खासै टीकाटिप्पणी हुँदैन । एकल महिलाहरू संगठित भएर शृंगार अभियानलाई अघि बढाएका कारण पनि समाजमा यदाकदा हुने टीकाटिप्पणीहरू गौण भएका छन् । तर शृंगार तथा रातो पहिरन नै क्रान्ति भने होइन । भेदभाव गर्न हुन्न भन्ने द्योतक मात्रै हो । किनकी चुरा, पोतो, सिन्दुर, मंगलसूत्रलगायत शृंगारका सामानहरू उपलव्ध हुन थालेको हाम्रो देशमा त मुस्किलले चार÷पाँच सय वर्ष भयो होला । त्यसअघि त रातो रंगसमेत बनिसकेको थिएन । आपैmँले कपासबाट धागो निकाली कपडा बुनेर सेतो बस्त्र नै लगाउँथे ।

कपडाको आविष्कार हुनुअघि त रुखको बोक्रा र जनावरको छालाले शरीर ढाक्थे । अहिले पनि सेतो बस्त्रलाई शुद्ध मानिने गरिएको छ । स्वास्थ्यका दृष्टिले पनि रंगिन वस्त्रभन्दा सेतो वस्त्र उपयुक्त हुने विज्ञानले प्रमाणित गरिसकेको छ । परिवारको आफ्नो अतिनिकटतम सदस्यको मृत्युपछि १३ दिनसम्म सेतो वस्त्र लगाएर अरू कसैलाई नछोई काजक्रिया बस्ने प्रचलन स्वास्थ्यका दृष्टिले कतिसम्म वैज्ञानिक रहेछ ? भन्ने कुरा कोरोना संक्रमणको यो विश्वव्यापी महामारीले पनि प्रमाणित गरेको छ । अहिले १४ दिन आइसुलेसनमा बस्नुपर्छ भन्नु र त्यतिबेला १३ दिन अलग बस्नुपर्छ भन्नु करिबकरिब एउटै हो कि ? जस्तो पनि देखिएको छ ।

यससन्दर्भमा मानव विकासको प्रसंगबारे छोटो चर्चा गर्नु उपयुक्त हुन्छ । करिब एक लाख वर्ष पहिले, तेस्रो हिमयुगताका युरोपमा एकप्रकारका मानिसको पत्ता लागेको छ, जसलाई हाइडेल वर्गीय मानिस भनिन्छ । हाइडेल वर्गीय मनुष्यले उध्याएर राम्रा बनाएका ढुंगाको प्रयोग गर्दथे र उनीहरूको विकसित रूप ५० हजार वर्ष पहिले चौथो हिमयुगको समयमा युरोपमै नेअडथेल मानिस जाति पाइन्थ्यो भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् । २५ हजार वर्ष पहिले युरोपको स्पेन आदि देशहरूमा मानिसको एक जाति बस्दथ्यो, जसलाई क्रोमेग्नन् (ऋचयmभनलयल) भनिन्थ्यो । क्रोमेग्नन् मानिस सिकारी थिए । उनीहरूको खाना भनेको साना घोडा थियो । उनीहरू चित्रकार पनि थिए । उनीहरूले बनाएका अनेकौँ चित्रहरू आज पनि स्पेनका गुफाहरूमा पाइन्छ । क्रोमेग्नन् जाति विशेषगरी दक्षिण पश्चिमी युरोपमा बस्ने गर्दथे । यिनको आफ्नै भाषा थिएन तैपनि यिनीहरू चित्र र हतियार बनाउन खप्पिस थिए । मानिसको उत्पत्ति र विकासको क्रमलाई केलाउँदै जाने हो भने १२ हजार वर्ष पहिलेका मानिसमा एउटा नयाँ प्रगति देखापर्न थाल्यो । उनीहरूले कुँदेका हतियार प्रयोग गर्न सुरु गरे । त्यस्ता मानिसहरूको युगलाई नयाँ पाषण युग भन्न थालियो ।

अहिलेसम्म पत्ता लागेको सबैभन्दा पुरानो ग्रन्थ भनेको वेद हो । वेदको रचना हुँदासम्म पनि महिला र पुरुषबीच भेदभाव थिएन । ऋग्वेदमा सशक्त योद्धा विश्पलाको वीरताको विषय त छँदै छ, अन्य महिला योद्धाहरूको पनि सम्मानजनक चर्चा छ । वेदको कुनै पनि ठाउँमा लिंगकै आधारमा विभेद भएको वा गरिएको कुनै प्रसंग छैन । तर युद्धको कुनै पक्षले एउटै गण–समूहमा रहेका महिला र पुरुषको बीचमा भिन्नतालाई प्रयोग गरी अन्तर्विरोध सिर्जना गरी लडाइँ जित्ने दाउपेच गरेको प्रसंग भने पाइन्छ ।

वेदको भाषामा पृथ्वी, उषाकाल, सन्ध्या, निशा आदि समय स्त्रीलिंगमा (महिलावाची) छन् । पृथ्वीलाई आमा स्वीकार गरिएको छ । यसको अर्थ स्पष्ट छ, वेदमा स्त्रीलाई पृथ्वीसमान र पृथ्वीलाई आमासमान मानिएको छ । वेदमा यसै रूपमा आमा र पृथ्वीको महिमागान गरिएको छ । प्राणीका लागि आमा र धर्तीको महत्व सर्वोपरि रहेको छ । वेदभन्दा पछि विकसित भएका पुराणहरूमा देवीको महिमा उच्चतासाथ स्वीकार गरिएको छ । महाकाली, महालक्ष्मी, महासरस्वती सृष्टि, स्थिति र संहारकारी शक्तिका रूपमा स्वीकार गरिएको छ ।

अर्थात्, स्तनपान गराउने, गर्भमा राख्ने, खाना खुवाउने, गुरूकी पत्नी, इष्टदेउताकी पत्नी, सौतेनी आमा, सौतेनी दिदी–बहिनी, सहोदर दिदी–बहिनी, छोराकी पत्नी, पत्नीकी आमा, आमाकी आमा, बाबुकी आमा, भाउजु÷भाइ बुहारी, सानिमा, फुपू र माइजू यी १६ वेदविहित आमाहरू हुन् ।’ यिनीहरूलाई बोलाउँदा सम्मानजनक सम्बोधन गरेर बोलाउनू भनिएको छ । यसैगरी दुर्गादेवी युद्धकार्यको अधिष्ठाता, सरस्वती विद्याको अधिष्ठाता, लक्ष्मी धनसम्पत्तिको अधिष्ठाता (अधिष्ठात्री) रहेको देखिन्छ । अधिष्ठाता (अधिष्ठात्री) भनेको मुख्य जिम्मेवारी हो, जसलाई अहिलेको चलनचल्तीमा वार्डेन (प्रवन्धक) आदि भनिन्छ । यी महत्वपूर्ण जिम्मेवारीमा नारीहरू (देवीहरू) रहेको कुरा सबै पुराणहरूमा उल्लेख छ ।

पतिको निधनपछि पत्नीले अर्को विवाह गर्न हुने कि नहुने ? पहिरन कस्तो लगाउन हुने कस्तो नहुने ? भन्ने बहस वाहिहात हो । धार्मिक मामिला त यो हुँदै होइन । धर्मको आडमा आपराधिक प्रवृत्तिका मानिसहरूले लादेको प्रथा हो यो । यी नितान्त व्यक्तिगत मामिला हुन् । आआफ्नो इच्छाको कुरा हो ।

प्रतिक्रिया