ओली निस्किए लगत्तै प्रचण्डनिवास पुगे नेता नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट फर्किएलगत्तै वरिष्ठ नेत माधवकुमार नेपाल खुमलटार पुगेका छन्।

दुई नेताबीच ओलीसँग भएको वार्ताका विषयमा कुराकानी भइरहेको बताइएको छ। पार्टी विवाद बढदै जाँदा प्रचण्डलाई भेट्न अध्यक्ष ओली आज बिहानै खुमलटार पुगेका थिए। प्रधानमन्त्री भएपछि ओली पहिलो पटक प्रचण्डनिवास पुगेका हुन्।

प्रतिक्रिया