काठमाडौं । नम्रता श्रेष्ठले ‘मिस नेपाल वल्र्ड २०२०’ को ताज जितेकी छन् । शनिबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा श्रेष्ठले उक्त उपाधि हात पार्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वल्र्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । श्रेष्ठ किन्डरगार्डेन टिचर हुन् ।
त्यसैगरी मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठ र सिमल कनौजियाले मिस नेपाल सुपर नेसनल २०२० को उपाधि हात पारेका छन् । यस्तै, सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल’ को उपाधि हात पारेकी छन् । कोरोनाका कारण यसपटक पहिलाजस्तै कार्यक्रम गरिएको थिएन । सीमित संख्यामा उपस्थित मानिसका बीच पार्क भिजेल रिसोर्टमा कार्यक्रम गरिएको थियो ।
प्रतिक्रिया