नेपालमा जनगणनाको सुरुआत र थर लेख्ने प्रचलन

निनाम कुलुङ ‘मंगले’

आगामी १२औँ राष्ट्रिय जनगणना (विसं–२०७८) मा खस जातिले जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो/मस्ट’ लेखाउने भन्ने उल्लेख छ । जुन धेरै राम्रो हो । किनभने, यसले ढिलै भए पनि ‘खस’ समुदायमा जातीय स्वपहिचानका लागि आएको उत्कट चाहना र चेतना हो भन्न सकिन्छ ।

समय क्रमसँगै विश्वका मानिसहरू (समग्र जातजाति, भाषी, समुदाय, लिंग, वर्ग) मा आएको चेनताले गर्दा म को हुँ ? अथवा हामी को हौँ ? भनी आफूले आफैंलाई खोज्ने, चिन्ने र स्वपहिचान गर्ने क्रम तीव्र गति र व्यापक रूपमा चलिरहेको देखिन्छ । खास गरी सन् १९८०/८१ देखि युरोपबाट जातीय स्वपहिचानको राजनीति सुरु भएको मानिन्छ । यसरी जातजाति, भाषी, समुदाय, वर्ग आदि चिनिने मुख्य आधार भनेको सम्बन्धित देशको सरकारले हरेक १०/१० वर्षमा गर्ने जनगणना नै हो भने, विभिन्न देशले आप्mनो देशको जातजाति, भाषी, समुदाय, लिंग, वर्ग आदिको उत्थानका लागि छुट्टै विकासे ऐनबनाएर विकास समिति, प्रतिष्ठान, आयोग, प्राधिकरण आदि पनि गठन गरेको हुन्छ ।

यसै सन्दर्भमा भन्न पर्दा केही समयअघि सार्वजनिक अनलाइन न्युज पोर्टलमा एक समाचार आएको थियो । सो समाचारअनुसार आगामी १२औँ राष्ट्रिय जनगणना (विसं–२०७८) मा खस जातिले जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो/मस्ट’ लेखाउने भन्ने उल्लेख छ । जुन धेरै राम्रो हो । किनभने, यसले ढिलै भए पनि ‘खस’ समुदायमा जातीय स्वपहिचानका लागि आएको उत्कट चाहना र चेतना हो भन्न सकिन्छ भने, जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो’ लेखाउने उनीहरूको कदम वा भनौँ निर्णयलाई अत्यन्तै समय सान्दिर्भिक सही कदम अर्थात् ‘सुल्टो बाटो !’ हिँडेको मान्न सकिन्छ । तर, जनगणनाकै कुरो गर्दा हाम्रा ‘राई !’ जाति भन्ने र भनिने समूहका कामरेडहरू भने खस समुदायभन्दा ठीक ‘उल्टो बाटो हिँड्ने !’ प्रयास गरिरहेका छन् । यस्तो काममा लाग्दा उनीहरूलाई अलिकति पनि लाज–शरम लागिरहेको छैन, ग्लानी भइरहेको छैन । अझ त्यसमाथि हाम्रा ‘राई !’ समूहका विद्घान ! भनिने र नामको अगाडि डाक्टर, प्राध्यापक, प्राज्ञ, भाषाविज्ञ, मुन्धुमविद÷मुन्दुमविद (हामी कुलुङहरू रीदूम भन्छौँ) भन्ने र भनिने कथित् विद्घान कामरेडहरू नै नाकको डाँडीमा चेस्मा÷चस्मा झुन्डयाउँदै कथित् ‘राई !’ जातिबारे ‘अन्टसन्ट !’ भाषण दिने, प्रवचन दिने, अन्तर्वार्ता दिने, कथित् राई जातिबारे सम्झाउने, बुझाउने भई टोपल्दैछन्, लेखहरू लेख्ने गर्दैछन् । यसै क्रममा एकजना राईले त नयाँ ‘राई !’ भाषा नै बनाउनुपर्ने÷बनाउने ! भनी लेख लेखेका छन् ।

हुन त, ‘राई !’ कामरेडहरूलाई नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले सिंंगो किरात भूमिलाई फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाएको थाहा नहोला त ? यी राईवादी कामरेडहरूले ‘आलु वा गोबर !’ को विषयमा डाक्टर गरेर आप्mनो नामको अगाडि डाक्टर लेखेका त पक्कै पनि होइन होला ? हुन पनि माझ किरातका खम्बुका सन्तानहरूलाई दिइएको पद वा पगरी हो, –‘राई !’ । सो –‘राई !’ पदलाई नै जाति मान्नुपर्ने भनी डंका पिट्दै हिँडीरहेका छन्, आप्mनो बुताले भ्याएसम्म प्रचारप्रसार गरिरहेका छन् । जबकि इतिहास हेर्दा नेपालको भौगोलिक एकीकरण अघिसम्म किरातीहरू एकै रहेका थिए । नेपालको भौगोलिक एकीकरणपछि वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ, बान्तावालगायत खम्बुका सन्तानलाई ‘राई !’, पल्लो किरात (अरुण पूर्व) का याक्खालाई ‘देवान’ अनि लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी÷पगरी दिइयो । स्मरणीय के छ भने, हाल आएर सुनुवारहरूले आफ्ना पिता–पूर्खा पाएको ‘मुखिया’ पदलाई जाति लेख्न, मान्न छाडेका छन् । त्यस्तै याक्खा समुदायले पनि आप्mना पिता–पूर्खा पाएको ‘देवान’ पदलाई जाति लेख्न/मान्न छाडेका छन् । अनि लिम्बु र लाप्चाले पनि आप्mना पिता–पूर्खा पाएको ‘सुब्बा’ पदलाई जाति लेख्न, मान्न छाडेका छन् । तर, खम्बुका सन्तानहरूले भने अभै पनि आफ्ना पिता–पूर्खा पाएको ‘राई !’ पदलाई जाति लेख्नु÷मान्नु पर्ने वाध्यता वा जबरजस्ती गर्ने, किन नि ? बुझी नसक्न छ बा ! … ।

नेपालमा जनगणनाको इतिहास हेर्दा सर्वप्रथम विसं १९६८ मा पहिलोपटक आधिकारिक रूपमा राष्ट्रिय जनगणना भएको थियो । त्यो वेलाको श्री ३ महाराज चन्द्रशमशेर राणा सरकारले तत्कालीन नेपालको जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? त्यो हेरेर उनीहरूका लागि विकास बजेट छुट्याउने र नीति निर्माण गर्ने ढंगले भन्दा पनि आप्mनो ढुकुटी (खास राज्यकोष) मा कसरी र कति धन–सम्पत्ति जम्मा गर्न सकिन्छ ? भन्ने हिसावले र तत्कालीन भोटसँग युद्घ गर्न परेमा कति जवान ठिटोहरूलाई सिपाहीमा भर्ती गर्न सकिन्छ ? भनेर मात्रै जनगणना गरेको जस्तो देखिन्छ ।

यसरी हेर्दा केन्द्रीय तथ्यांक विभाग (केतवि) ले ०६८ सालमा गरेको ११औँ राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका छन् । यसरी हेर्दा सो जनगणनामा आएको विविध जातजाति, भाषाभाषी, धार्मिक समूह÷सम्प्रदाय आदि भनेको बुभ्mनेहरूका लागि वास्तवमै विविधा भएको ‘साझा फुलबारी’ हो । भलै राज्यले अहिलेसम्म पनि त्यहीअनुसार व्यवहारिक ढंगले नीति निर्माण नगर्नु, उनीहरूका लागि बजेट नछुट्याउनु वा छुट्याएको बजेट पनि पहुँच नभएकाहरूले नपाउनु अनेक दुःखका कथाहरू छन् । ०६८ को ११औँ राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषाभाषीमध्ये एक हो –‘कुलुङ जाति ।’ तर, नेपाल सरकारको मातहतमा रहेको र, विकासे ऐनअन्तर्गत गठित ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) मा भने सरकारले कुलुङ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरेको छैन ।

फलतः अभैm पनि कुलुङहरूले ‘म … कुलुङ’ भनेर परिचय दिँदा ए … ‘कुलुङ भनेको त ‘राई !’ होइन र ? भनी जवाफ दिनेहरू धेरैै भेटिन्छन् । हामीले पनि –‘कुलुङ नभएर राई ! भए त कुलुङको सट्टा राई ! नै भनी हाल्थ्यौँ नि !’ भनी जवाफ दिने गरेका छौँ । यस्तो भ्रम पर्नेहरूमा अरू त अरू नै भई गए, भाषाविद्, समाजशास्त्री, मानवशास्त्री, संस्कृतिविद, मुन्धुमविद् (कुलुङ जातिले मुन्धुमलाई ‘रीदूम’ भन्छन्), मानवअधिकारवादी, आदिवासी जनजाति मूलका नेता हौँ भन्नेहरू नै धेरै छन् ।

खासमा ‘कुलुङ’ भनेको नेपालका अन्य जात वा जाति जस्तै एक स्वतन्त्र जातीय अस्तित्व भएको जाति हो । किनभने, कुलुङभित्र नै विभिन्न थर÷उपथरहरू रहेको छ । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ती, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्होलगायत ३ सय ८० वटाभन्दा बढी थर÷उपथरहरू छन् । त्यसैले त ‘कुलुङ–कुलुङ’बीचमै विवाहवारी चल्ने गर्छ । फेरि हामी कुलुङहरू रगतको नाता नबार्ने, दूधको नाता मात्रै बार्ने जाति पनि होइनाैं ।

यहाँ जनगणनाको सन्दर्भमा लेख्नै पर्दा विसं १९७६ को इस्तिहारमा पुग्नुपर्ने हुन्छ । जुन इस्तिहारमा गणकले जातजाति छुटाउन गाह्रो भयो भने ‘तालुकदारका चित्तले जुन सह्रलेख्ने ठहर हुन्छ सो लेखे हुन्छ, मानिस गन्तीमा फरक परेमा बात लाग्छ’ भनिएको छ । त्यस्तै त्यो वेला जारी गरेको सो इस्तिहार (हालको राजपत्र जस्तै होला, त्यो वेला इस्तिहार भनेको) मा गणक वा सुपरभाइजरलाई ‘व्राम्हणजातको कुनै पनि थरअनुरूपको जनसंख्या नछुटाई ल्याउने आदेश÷उर्दी !’ जारी गरिएको थियो । सन्दर्भ स्रोतः ‘जनजाति’ वर्ष १, अंक १–२ मा प्रकाशित बालकृष्ण माबुहाङको लेख ।

तर, हामी ‘राई !’ भन्नेहरू भने अहिलेसम्म पनि नेपालको भौगोलिक एकीकरणपछि सिंगो किरात भूमिलाई फुटाएर माझ किरातका खम्बुका सन्तानहरूलाई दिईएको ‘राई !’ पदलाई नै जात वा जाति लेख्नुपर्ने÷मान्नुपर्ने वाध्यतात्मक स्थितिमा छौँ ! भर्खर (विसं २०६८ देखि) कुलुङलगायत १२ वटा किरातीहरूले आफ्नाे असली जात लेख्ने क्रम सुरु भएको छ । तर, त्यसमा पनि ‘राई यायोक्खा‘ नामक एनजिआले भाँजो हाल्ने गरेको सबैमा विधितै छ । अब कहिले बाहुन क्षेत्रीहरूले जस्तो अप्mनो थर पोखरेल, घिमिरे, थापा, बस्नेत, कार्की आदि लेखेजस्तो कुलङलगायत किरातीहरूले आप्mनो थर अर्थात् थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो आदि लेख्ने ?

प्रतिक्रिया