नारायणगोपालको ३०औँ स्मृति

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वरसम्राट नारायण गोपालले नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन । नारायण गोपालको ३०औँ स्मृति दिवसका अवसरमा आज अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा उनले नारायण गोपालको योगदान युगौँसम्म रहने बताए ।

मन्त्री मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा पनि जोड दिए। मन्त्री मानन्धर, सङ्गीतकार भुपेन्द्र रायमाझीलगायतले नारायण गोपालका कालजयी गीत गाएका थिए ।

प्रतिक्रिया