खोजखबर

प्रदेश प्रमुख अधिकारीलाई काठमाडौं लगियो

सौर्य अनलाइन २०७७ मंसिर १९ गते २०:२८ मा प्रकाशित

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेका उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए । प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको हो । – रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय