चलचित्र निर्माणमा महिला

नरेन्द्रमान श्रेष्ठ

नेपाली चलचित्रको इतिहासमा सबैभन्दा बढी चलेको चलचित्र ‘कुसुमे रुमाल’ हो । ‘कुसुमे रुमाल’ ३५ हप्ता चलेको थियो । ‘कुसुमे रुमाल’ नेपालको नै ब्लक ब्लास्टर चलचित्र हो भन्दा पनि फरक नपर्ला । ‘कुसुमे रुमाल’को सफलता पछि निर्माता सुमित्रा पौडेलले थुप्रै चलचित्रहरूको निर्माण गरिन् । निर्मात्री पौडेलले सयपत्री फिल्म ब्यानरमा चलचित्रहरू ‘मायालु, तिलहरी, परिवार, गोपी–कृष्ण’, आदि चलचित्रहरू निर्माण गरेकी थिइन् । निर्मात्री पौडेललाई व्यावसायिक महिला निर्माताको रूपमा लिने गरिन्छ ।

कलिउड चलचित्र निर्माणमा महिला सहभागिता बढ्दै गइरहेको छ । पछिल्लो समयमा चलचित्र निर्माणमा महिलाहरू धमाधम देखापरिरहेका छन् । त्यसो त चलचित्र क्षेत्रका स्थापित चर्चित नायिकाहरू पनि धमाधम चलचित्र निर्माणमा देखापरिरहेका छन । नेपालमा चलचित्र निर्माणको सुरु भएको पनि पाँचदशक नाघिसकेको छ । नेपाली चलचित्रको निर्माण ०२१ सालतिरबाट थालनी भएको हो । नेपालमा निर्माण भएको पहिलो चलचित्र ‘आमा’ हो । पहिलो नेपाली चलचित्रकी नायिका भुवन थापाले पनि चलचित्र साइनो निर्माण गरिसकेकी छन । ‘साइनो’ नामबाट विगतमा चलचित्र निर्माण भइसकेको थियो । विगतमा निर्माण भएको ‘साइनो’ चलचित्र पनि महिला निर्माता मालती राईले निर्माण गरेकी थिइन् भने पछिल्लो समयमा निर्माण भएको चलचित्र ‘साइनो’की निर्माता पनि महिला भुवन थापा चन्द हुन् । यसलाई संयोग नै मान्न पर्ने हुन्छ ।

जुनबेला नेपाली चलचित्र निर्माणको सुरु भएको थियो त्यसबेला सरकारी स्तरबाट चलचित्र निर्माण हुने गथ्र्यो । नेपालमा चलचित्र निर्माण हुनुभन्दा पहिले भारतबाट नेपाली भाषामा चलचित्र निर्माण भइसकेको थियो । भारतमा निर्माण भएको नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ थियो । ‘सत्य हरिश्चद्र’ भारतको कलकत्तामा २००७ तिर निर्माण भएको थियो । जुनबेला नेपालमा चलचित्रहरू निर्माणको सुरु भयो, त्यसबेला नेपालमा चलचित्रसम्बन्धी प्राविधिकहरू त्यति थिएनन् । चलचित्रसम्बन्धी प्राविधिक कामहरू भारतमा नै गर्नुपर्ने हुन्थ्यो । त्यसो त पहिलो नेपाली चलचित्रको आमाका निर्देशक पनि भारतको बलीउडमा सघर्षरत प्रवाशी नेपाली हिरा सिंह खत्री थिए ।

सुरुआततिर नेपालमा कममात्र चलचित्र बन्थे । निजी क्षेत्रबाट निर्माण सुरु भएपछि मात्र नेपालमा चलचित्रहरूको निर्माणमा तीव्रता आएको थियो । निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र ‘माइतीघर’ थियो । ०२२ सालतिर चलचित्र ‘माइतीघर’को निर्माण भएको थियो । ‘माइतीघर’की नायिका त्यसबेला बलिउडमा लोकप्रिय चर्चित स्टार नायिका माला सिन्हा हुन् । ‘माइतीघर’को निर्माणको योजना भारतमा नै बनेको थियो । नेपालमा ४० को दशकबाट मात्र चलचित्रहरू धमाधम निर्माण भएका थिए । नेपाली चलचित्रकी प्रथम निर्माता महिला निर्मात्री मञ्जु राणा हुन् । राणाले चलचित्र ‘जुनी’को निर्माण गरेकी हुन् । निर्माता राणाले अर्को चलचित्र निर्माण गरेकी भने छैनन् । ४० को दशकमा नै देखापरेकी महिला निर्माता हुन्, सुमित्रा पौडेल । पौडेलले सर्वप्रथम चलचित्र ‘कुसुमे रुमाल’को निर्माण गरेकी थिइन् । त्यसो त चलचित्र ‘कुसमे रुमाल’ नेपाल बाहिर प्रवासमा निर्माण भएको भनेर पनि कतिपयले भन्ने गरेका छन् । नेपाली चलचित्रको इतिहासमा सबैभन्दा बढी चलेको चलचित्र ‘कुसुमे रुमाल’ हो ।

‘कुसुमे रुमाल’ ३५ हप्ता चलेको थियो । ‘कुसुमे रुमाल नेपालको नै ब्लक ब्लास्टर चलचित्र हो भन्दा पनि फरक नपर्ला । ‘कुसुमे रुमाल’को सफलतापछि निर्माता सुमित्रा पौडेलले थुप्रै चलचित्रहरूको निर्माण गरिन् । निर्मात्री पौडेलले सयपत्री फिल्म ब्यानरमा चलचित्रहरू ‘मायालु, तिलहरी, परिवार, गोपी–कृष्ण’, आदि चलचित्रहरू निर्माण गरेकी थिइन् । निर्मात्री पौडेललाई व्यावसायिक महिला निर्माताको रूपमा लिने गरिन्छ । तर, पछिल्लो समयमा भने निर्मात्री पौडेल चलचित्र क्षेत्रमा देखिएकी छैनन् । ४० को दशकमा देखापरेकी महिला निर्माता हुन्, मालती राई । राईले चलचित्र ‘साइनो’को निर्माण गरेकी थिइन् । चलचित्र ‘साइनो’ त्यसबेलाको सफल चलचित्र हो ।

विगतमा चलचित्र निर्माण गर्दा चलचित्रको निर्माताको नाममा आफ्ना श्रीमतीहरूको नाम राख्ने पनि गरिएका छन् । आपूm चलचित्रको प्रस्तुतकर्ता हुने अनि निर्मातामा आफ्ना श्रीमती, भाइ, छोरा, बुहारी, छोरी आदिको नाम राख्नेहरूको संख्या उल्लेख्य छ । विगतमा महिला निर्माताहरू आफ्नो पेसाव्यवसायभन्दा पनि रहर र शौख आदि कारणले चलचित्र निर्माणमा संलग्न भएको देखिन्छन् । त्यसो त पछिल्लो समयमा पनि आफ्नो रहर र शौखको लागि चलचित्र बनाउने थुप्रै महिला निर्माता निर्देशकहरू देखापरिरहेका छन् । कतिपयले भने आफ्नो सन्तानका लागि आफ्ना सन्तानहरूलाई कलाकार बनाउन आपूm स्वयं कलाकार नायिका बन्न निर्देशक बन्नको लागि पनि चलचित्रहरू बनाउने गरिरहेका छन् ।

विगतमा बनेको चलचित्र ‘चोट’ कि नायिका सुशीला रायमाझीले चलचित्र ‘पिँजडा’ पनि निर्माण गरेकी थिइन् । त्यसैगरी विगतकी चर्चित लोकप्रिय सदाबहार नायिका भनिने करिश्मा मानन्धरले केही चलचित्रहरूको निर्माण गरेकी छन् । नायिका मानन्धरले चलचित्र ‘ढुकुढुकी, बाबु साहेब, फागु’, आदि चलचित्रहरू निर्माण गरेकी थिइन् । तर, नायिका–निर्मात्री मानान्धरले बनाएका चलचित्रहरू व्यापारको हिसाबले भने सफल भएनन् । पछिल्लो समयमा मानान्धर चलचित्रबाट टाढिएकी छिन्भन्दा पनि फरक नपर्ला ।

पछिल्लो समय नवप्रवेशीहरू पनि चलचित्र निर्माणमा देखिएका छन । अधिकांश महिला निर्माताहरूले चलचित्र निर्माणमा निरन्तरता दिन भने सकिरहेका छैनन् । त्यसो त पछिल्लो समयमा चलचित्रको व्यापार पनि खस्किँदो अवस्था छ । सायद यही कारणले पनि महिला निर्माताहरूले निरन्तरता दिन नसकेका हुन कि ? पछिल्ला समयमा प्रदर्शन भएका अधिकांश चलचित्रहरूले राम्रो व्यापार गर्न सकिरहेका छैनन् । तैपनि चलचित्र क्षेत्रमा महिला निर्माताहरू र नायिकाहरू देखापर्नु भनेको नेपाली चलचित्र क्षेत्रका लागि राम्रो हो भन्दा फरक नपर्ला । पछिल्लो समयमा चलचित्र निर्माणमा देखापरेका नायिकाहरूमा रेखा थापा, झरना थापा, केकी अधिकारी, चलचित्र ‘कोहलपुर एक्सप्रेस’की मौसमी मल्ल, चलचित्र ‘गिरफ्तार’की नम्रता श्रेष्ठ, निता ढगाना, ऋचा सिंह ठकरी, चलचित्र ‘सुपर गोर्खे’की ऋचा शर्मा, ‘उमादे’की छुल्ठिल्म गुरुङ, शर्मिला श्रेष्ठ, सबु गडाल कार्की, चलचित्र ‘दर्पण छाँया–२’ की रोशनी के सी, चलचित्र ‘खाते’की निकिता पौडेल आदि महिला निर्माताहरू चलचित्र निर्माणमा देखापरेका छन् । तर, अधिकांश महिला निर्माताहरू भने एक÷दुई चलचित्र निर्माणमा नै सीमित छन् ।

प्रतिक्रिया