कर्णालीको कुल देवता मष्टोकाे पूजा (फोटो फिचर)

मुगु । कर्णाली प्रदेशका जिल्लामा कुल देवताको रुपमा मस्टोलाई पूजा गर्ने चलन छ । कर्णाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन् । मस्टो पुजा बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमा लाग्ने गर्दछ । यो पुर्णिमा कार्तिक पुर्णिमा हो । यस पुर्णिमा धलपुरो र मस्टोको पूजा गरिन्छ ।

कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुका अधिकांश गाउहरुमा कार्तिक पुर्णिमाको अवसरमा मष्टो धल्पुरो लगायतका देवताको सोमबार भव्य पूजा–आजा गरि मेला लागेको छन । कोरोना महामारी लाई भुलेर पनि यहाँका स्थानीयहरु यति बेला धार्मिक परम्परा अनुसार पूजा–आजामा जुटिरहेका छन ।

कार्तिक महिनामा लाग्ने यो मेला मुगुको छायानाथ रारा नगरपालिका भित्रका कार्किबाडा, छत्यालबाडा, र ढुम गाउँलगायत अन्य गाउँपालिकाका आसपासका ठाँउहरुमा यो मेला लाग्ने गरेको छ । मेलामा धार्मिक परम्परा अनुसार पैठो भात खाने र आफ्ना नजिकका ईष्ट मित्रहरु जम्मा भएर यो मनाउने गरिन्छ ।


मेलमा विभिन्न प्रकारका स्थानीय स्तरमा उत्पादन हुने अर्गानिक परिकारहरु पुरी, भातबनाई खाने प्रचलन रहेको छ । सदियौं देखि यस्ता परम्पररा निरन्तर रुपमा मनाउदै आएका धामिहरु बताउछन । ९ पुस्ता अगाडि १३ सय सालमा भारतको पिथौरागडबाट मस्टो देवता आई थार्प गाउँको रुखमुनि बसेको जेठा भाई रहेको र अन्य गाउँमा रहेका मस्टा पनि त्यसकै रुप रहेको पुरानो पुस्ताको भनाई छ ।

बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमा र भैल्या पूर्णिमा गरी वर्षमा ६ पटक भब्य रुपमा थार्प मस्टाको मेला लाग्ने गर्दछ । अन्य गाउँमा एक पटक आफ्नो देवताले भकखाने पूर्णीमाको अबसरमा मेला लाग्ने गरेको सामाजिक अभियान्ता अजबहादु शाहीले बताए ।

प्रतिक्रिया