पर्साका ४ गाउँपालिकामा अधारभुत अस्पतालको शिलान्यास

पर्सा । जिल्लाको धोबिनी गाउँपालिकाको २ भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रको जग्गामा १४ करोडको लागतमा १५ शैय्याको अधारभुत अस्पतालको भवन शिलान्यास गरिएको छ । उक्त भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले शिलान्यास गरे । शिलान्यास कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत असोक रौनियार, वडाध्यक्ष नन्दलाल कुर्मी, ललन कुर्मी, मजिद मियाँ, स्वास्थ्य संयोजक संजय यादव लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, पटेर्वासुगौली गाउँपालिकाको फर्हदवामा १० करोडको लागतमा १० शैय्या अधारभुत अस्पतालको गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले शिलान्यास गरे । शिलान्यास कार्यक्रममा उपाध्यक्ष ममता महतो, प्रमुख प्रसाशकीय अधिकृत भुजेन्द्र प्रसाद यादव, वडाध्यक्ष बिजय गैरे, माधव प्रसाद, मोतिलाल साहको उपस्थिति रहेको थियो ।

त्यस्तै ठोरी गाउँपालिका २ मा प्राथमिक स्वास्थ्य केन्द्रको जग्गामा १८ करोड को लागतमा १५ शैय्याको आधारभुत अस्पताल भवनक गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले शिलान्यास गरे । त्यसैगरि जिराभवानी गाउँपालिकाको वडा २ सेढवामा १० करोडको लागत मा १० शैय्याको अधारभुत अस्पतालको गाउँपालिका अध्यक्ष रामपृत महतोले शिलान्यास गरे ।

पर्साका ग्रामिण क्षेत्रमा बसोवास गर्ने हरेक समुदायहरु लाई सुलभ तथा सरल तरिकाबाट सेवा दिने उदेश्यले अस्पतालको निर्माण हुन लागेको हो । प्राथमिक स्वास्थ्य केन्द्रलाई अपग्रेड गरि जिल्ला अस्पताल भन्दा राम्रो बनाईने र यहाँका विरामिहरु जाँच गराउन बिरगंज , काठमाडौं, भरतपुर चितवन लगायतका स्थानमा जान नपरोस भन्ने उदेश्यले अधारभुत अस्पताल निर्माण हुन लागेको बताइएको छ । अधारभुत अस्पताल सेन्टरहरु शिलान्यास भएर टेन्डर मार्फत बनाईने जानकारी दिइएको छ । नेपाल सरकारको निति अनुसार प्रत्येक स्थानिय तहमा पाँच देखि १५ शैय्याको अस्पताल निर्माण गरिने कार्यक्रम रहेकोले पर्सामा चार गरि ३९६ वटा अस्पतालको एक साथ शिलान्यास गरिएको छ ।

प्रतिक्रिया