‘स र र र’ मा आँचल र मुकुनको रोमान्स

काठमाडौं । गायिका मेलिना राई र गायक राजेश घिमिरेको ‘स र र र’ बोलको गीत सार्वजनिक भएको छ । एकतारे सबिन र सरोज परियारको शब्द रहेको उक्त गीतमा गायक घिमिरेले संगीत भरेका छन् । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र अभिनेता मुकुन भुसालको अभिनय छ ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा दुईको प्रेमीको प्रेमभाव उतारिएको छ । हरि हुमागाईं र हरिश सिंहको छायांकनमा बनेको भिडियोमा अनिता ग्वाचाको मेकअफ, प्रवीण श्रेष्ठको सम्पादन रहेको छ । नेपाली लोकलयमा आधारित गीतमा मौलिक नेपाली बाजाहरुको प्रयोग गरिएको छ ।

प्रतिक्रिया