एकदिने पशु शिविर सम्पन्न

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा पशुु स्वास्थ्य तथा बाँझोपन निवारणसम्बन्धी एकदिने शिविर सम्पन्न भएको छ । सो गाउँपालिका–६ स्थित कदमाहामा आयोजना भएको शिविरमा पाँच सयभन्दा बढी पशुुचौपायाको स्वास्थ्य उपचार गरिएको थियो । शिविरमा नाम्ले, जुुका, चर्चरे तथा भ्यागुुते रोग लागेका पशुु चौपायाको निःशुुल्क उपचार गर्नुुका साथै औषधि तथा भिटामिनसमेत उपलव्ध गराइएको पशुुपंक्षी सेवा शाखाका प्राविधिक सहायक कमलप्रसाद तिम्सिनाले बताए । शिबिरबाट दुुई सयभन्दा बढी किसान लाभान्वित भएका छन् ।

सो वडाका वडाध्यक्ष मोहमद हुुसेनले शिविरको उद्घाटन गरेका थिए । शिविरमा डेढसयभन्दा बढी पशुुचौपायाहरूका गोबर परीक्षण गरिएको तिम्सिनाले बताए । चिसो बढ्न थालेकाले विभिन्न रोगका कारण पशुुचौपाया बिरामी हुुने हँुुदा गाउँपालिकाको प्रत्येक वडामा पशुु स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको सो गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताए । कोरोनाको महामारीमा पनि स्वास्थ्य सावधानी अपनाउँदै शिविरको आयोजना भएपछि राहत भएको किसानहरू बताउँछन् ।

प्रतिक्रिया