रंग‍-विविध

कंगनाको जीत, अदालतले रद्द गरिदियो महानगरको आदेश

सौर्य अनलाइन २०७७ मंसिर १२ गते १५:३२ मा प्रकाशित

एजेन्सी । बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती पुर्याउनका लागि गरिएको बताएको छ ।

अदालतले कंगनाको याचिकामाथि आफ्नो निर्णय सुनाएको छ जसमा उनले बीएमसीको आदेशलाई चुनौती दिएकी थिइन् । बीएमसीले ९ सेप्टेम्बरमा पाली हिल्स इलाकास्थित कंगनाको बंगलाको एक हिस्सा भत्काइदिएको थियो ।

निर्णय सुनाउँदै दुई न्यायाधीसको खण्डपीडले आफूहरुले सरकारी संस्थाका नागरिकविरुद्ध शक्तिको प्रयोग गर्न पनि सही नठान्ने बताएका छन् । उनले बीएमसीले जुन कारवाही गरेको छ त्यो कारवाही अनाधिकृत भएकोमा थोरै पनि शंका नभएको बताएको छ ।

कंगनाले याचिकामा बीएमसीसँग दुई करोड भारुको जरिवाना पनि मागेको थियो । अदालतले यसबारे आफूले हिसाब गर्नका लागि कसैलाई नियुक्त गर्ने र अर्को वर्षको मार्च महिनासम्म यसबारे आदेश जारी गर्ने बताएको छ ।

बीएमसीले कंगना रनौतको बंगलाको एक भाग त्यतिबेला भत्काएको थियो जसमा उनी अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे अनुसन्धानका लागि महाराष्ट्र सरकारमाथि लगातार तिखो हमला गरिरहेकी थिइन् ।

यतिमात्रै होइन, कंगना र शिवसेना सांसद संजय राउतबची पनि यो विषयमा ठूलै विवाद भएको थियो । यस्तोमा बीएमसीले कंगनाको अफिस भत्काउने निर्णयलाई राजनीतिक द्वेषले प्रेरित बताएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय