२३ वर्षीया महिला बलात्कार गर्ने मुस्लिम धर्मगुरु पक्राउ

लहान । बलात्कारको आरोपमा एक मौलवीलाई लहान प्रहरीले पक्राउ गरेको छ । सिरहाको लहानमा मुस्लिम धर्मगुरु मौलवी झारफुकको नाममा बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

लहानस्थित डेराबाट मुस्लिम धर्मगुरु मौलवी (हजरत) लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शरत कुमार थापा क्षेत्रीले जानकारी दिए । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१० स्थित महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

उनीमाथि जबर्जस्ती करणी मुद्दामा सरकारी अदालतबाट ५ दिनको म्याद गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।मंगलबार साँझ लहान नगरपालिका ७ की २३ वर्षीया मुस्लिम महिला समान्य बिरामी परेपछि धर्मगुरुसँग झारफुक गराउन उनको डेरामा गएकी थिइन् । मौलवीले झारफुकको बहानामा बलात्कार गरेका भन्दै परिवारजनलाई बताएपछि सो घटना प्रहरीमा पुगेको थियो ।

प्रतिक्रिया