पूर्वी नवलपरासीमा गैंडाको बच्चा मृत फेला

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा गैंडाको बच्चा मृत अवस्थामा फेला परेको छ । जिल्लाको कावासोती नगरपालिका वडा १३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनभित्र ५ महिनाको गैंडाको बच्चा मृत अवस्थामा भेटिएको हो ।

भाले गैंडा र पोथी गैंडा बिच समागम हुने बेलामा बच्चा गैंडा आए पछि भाले गैंडाले हानेर बच्चा मरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।

पछिल्लो समय विभिन्न कारणले चितवन राष्ट्रिय निकुञ्ज र यसको आसपासका क्षेत्रहरूमा धमाधम गैंडा मर्न थालेपछि यसको संरक्षणमा सर्वत्र चिन्ता र चासो व्यक्त भइरहेका बेला गैंडाको बच्चा मृत भेटिनु दुःखद भएको सरोकारवालाहरुले बताएका छन् ।

यो सँगै चालु आ व २०७७÷०७८ को पछिल्लो चार महिना यता विभिन्न कारणबाट मर्ने गैंडाको संख्या १५ पुगेको छ । जसमध्ये ४ वटा गैंडा चोरी सिकारीले मारेका हुन् भने अन्य ११ वटा गैंडा विभिन्न कारणबाट मरेका हुन् ।

प्रतिक्रिया