नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कुँवर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरलाई दिइएको छ। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा भरखरै सरुवा भएर आएका कुँवरलाई बिहीबार प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ। यसअघि प्रवक्ता रहेका एसएसपी कुवेर कडायतको भने अन्यत्र सरुवा भएको छ।

प्रतिक्रिया