पक्राउबाट बचिन् कंगना

मुम्बई । बलिउड अभिनेत्री कंगना रनोट तत्काल पक्राउ हुनवाट जोगिएकी छन् । मुम्बई उच्च अदालतले उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । अदालतले कंगनासँगै उनकी बहिनी रंगोलीलाई पनि पक्राउ नगर्न आदेश दिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरुलाई २०२१ जनवरी ८ मा बम्बई प्रहरी कार्यालयमा हाजिर हुन भनिएको छ । त्यही कारण उनी हाललाई पक्राउ पर्नबाट बचेकी छन् ।

अभिनेत्री कंगनाले मुम्बई प्रहरीले आफूविरुद्व दायर गरेको रिट खारेज हुनुपर्ने जिकिर गर्दै उच्च अदालतमा निवेदन दिएकी थिइन् । सामाजिक सञ्जालमा घृणा फैलाएको भन्दै कंगना र उनकी बहिनीमाथि मुम्बई प्रहरीले रिट दायर गरेको थियो । सामाजिक सञ्जालमा गरेको पोस्टले साम्प्रदायिकता भड्काउने र समाज अशान्त पार्ने भन्दै बान्द्रा मजिस्ट्रेटको आदेशमा मुम्बई प्रहरीले रिट दायर गरेको थियो । कंगनालाई प्रहरीले सूचना जारी गर्दै बयानका लागि उपस्थित हुन भने नि उनले यसलाई चुनौती दिँदै मुम्बई उच्च अदालतको ढोका ढक्ढक्याएकी थिइन् । अदालतबाट तत्काल पक्राउ नगर्न आदेश आएपछि उनलाई राहत मिलेको छ ।

प्रतिक्रिया