स्टुवार्टलाई बुकर पुरस्कार

बेलायत । स्कटिस–अमेरिकी लेखक डग्लस स्टुवार्टको उपन्यास ‘शगी बेन’ यस वर्षको ‘बुकर पुरस्कार’ बिजेता घोषणा भएको छ । बिबिसीका अनुसार उनले पुरस्कार स्वरुप मेडलसहित ५० हजार पाउन्ड पाउने छन् । ‘शगी बेन’ लेखकको आफ्नै भोगाइ र अनुभवमा आधारित पहिलो उपन्यास हो । किताब र पुरस्कार आफ्नी आमाको नाममा समर्मण गरेको स्टुवार्डले जनाएका छन् ।

४४ वर्षीय स्टुवार्ट १६ वर्षको हुँदा अत्याधिक मादकपदार्थ सेवनका कारण उनकी आमाको मृत्यु भएको थियो । उपन्यासमा सन् १९८० को दशकमा ग्लास्गोमा गरिबीसँग लडिरहेकी आमा र सानो बालकको कथालाई प्रस्तुत गरिएको छ ।

बुकर पुरस्कारको अन्तिम सूचीमा ‘शगी बेन’, डायन कुकको ‘द न्यु वाइल्डरनेस’, अवनी दोषीको ‘बन्र्ट सुगर’, माजा मेङ्गित्सेको ‘द स्याडो किङ’, ब्रान्डन टेलरको ‘रियल लाइफ’ र सित्सी डांगारेम्बाको ‘दिस मोर्नेबल बडी’ थिए ।

प्रतिक्रिया