नदि कटान नियन्त्रण र बस्ती जोगाउन हामी गम्भीर छौं : सांसद यादव

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित संघीय सांसद तथा जनता समाजवादी पार्टी नेपालका शिर्ष नेता महेन्द्र राय यादवले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कबिलासी नपा, ब्रह्मपुरी गापा, मलङ्ग्वा नपा र कौडेना गाउँपालिका स्थित लखनदेई र झिम नदिले वर्षेनी गर्ने कटान नियन्त्रण र बस्ती जोगाउन आफू गम्भीर रहेको बताएका छन् । बुधबार नदि निरिक्षण गर्ने क्रममा सो कुरा सांसद यादवले बताएका हुन् । गत असार महिनामा आएको बाढीले भत्काएको तटबन्धको मर्मत सम्भार समेत गर्ने उदेश्यले नदि निरिक्षण गरे।

लखनदेई र झिम नदिको बाढीका कारण खेतीयोग्य जमिन र बस्ती असुरक्षित बन्दै गएकोले नदि नियन्त्रण गर्न अति आवश्यक रहेको सांसद यादवको ठहर रहेको छ । नदि कटानको समस्यालाई गम्भीरतापूर्वक लिदै सांसद यादवले ठाउँ ठाउँमा भत्किएको तटबन्ध तत्काल मर्मत सम्भार गर्ने प्रतिवद्धता जनाए । साथै सांसद यादवले अन्य नयाँ सम्भावित ठाउँहरुको पहिचान गरि तटबन्ध निर्माणका लागि आवश्यक प्रक्रिया थाल्न जनताको तटबन्ध कार्यक्रम सर्लाहीका कार्यालय प्रमुख डिभिजनल इन्जिनियर रवीन्द्र कुमार शर्मालाई निर्देशन समेत दिए ।

निरीक्षणमा जनताको तटबन्ध कार्यक्रम सर्लाहीका कार्यालय प्रमुख डिभिजनल इन्जिनियर रवीन्द्र कुमार शर्मा, इन्जिनियर रन्धिर झा, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, कबिलासी नपाका प्रमुख कौशल किशोर राय, मलङ्ग्वा नपाका प्रमुख निरसल साह, साविक गम्हरिया गाविसका पुर्व अध्यक्ष एवं जसपाका नेता काशी राय, निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष रामविनय राय, मलङ्ग्वा नपा वडा १० का वडाध्यक्ष मुकेश झा, वडा ९ का वडाध्यक्ष दिपलाल महतो, वडा ६ का वडाध्यक्ष तैयब मिया मुकेरी लगायत पार्टीका नेता तथा कार्यकर्ता र स्थानीय जनताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया