वैकल्पिक राजनीतिक दल किन असफल हुन्छन् ?

डा. निर्मलमणि अधिकारी

वृक्ष नभएको मरुभूमिमा वनमाराको झार देखेर कसैले यो त वन हो जंगल हो भनेर अक्सिजन दिने, प्राणवायु दिने हो भनेर भनेको जस्तो अवस्था भएको हुनाले कम्युनिस्ट, कांग्रेस अथवा हिजो पञ्चायत पनि हामीले बारम्बार भन्दै आएको कपूतन्त्रकै स्वरूप हो ।

नेपाली बृहत् शब्दकोशअनुसार वैकल्पिक शव्दको अर्थ पहिले छानिएको व्यक्ति, वस्तु आदि नपाइएमा सो ठाउँमा प्रयोग गरिने वा प्रयोग गर्न सकिने समकक्ष स्तरको अर्को (उम्मेदवार वा सदस्य, व्यक्ति, वस्तु आदि. विकल्पमा आउने इच्छाधीन ऐच्छिक रोजी । नेपाली शब्द सागरअनुसार वैकल्पिक शव्दको अर्थ विकल्पमा पर्ने, ऐच्छिक, इच्छाधीन, सन्दिग्धग्द, शंकास्पद । राष्ट्रिय नेपाली शब्दकोशअनुसार वैकल्पिक शव्दको अर्थ विकल्प भएको यो नभए त्यो वा त्यसको सट्टामा यो, एउटाको सट्टामा दिएको अर्को, जुन आफ्नो इच्छाअनुसार छानेर लिन सकिने अर्थात् अप्सनल वा अल्टरनेटिभ भनेर लेखिएको छ ।

वैकल्पिक शब्दको मूल शब्द हेर्दा विकल्पमा इक प्रत्यय लागेर वैकल्पिक बनेको छ । अब हामी विकल्प शब्दको अर्थ जानौँ । नेपाली बृहत शब्दकोश अनुसार विकल्प— १. पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत अर्कै कुरा सोच्ने काम, पूर्वविचारलाई त्यागेर लिइएको नयाँ विचार । २. दुई वा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम, अथवा । ३. व्याकरणका विषयगत विभिन्न नियममध्ये एउटा नियम स्वीकार गर्ने काम । ४. अन्यौल, भ्रान्ति, भ्रम । ५. योगशास्त्रका अनुसार मनमा सन्देह पैदा हुने चित्तवृत्ति । ६. परस्परविरोधी कुनै दुई विषयलाई लिएर यो अथवा त्यो भन्दा पर्ने अर्थालंकार । विकल्पन— १. दुई वा त्योभन्दा धेरै वस्तुमध्ये कुनै एकलाई रोज्ने काम, विकल्प । २. अनिश्चय, सन्देह । ३. नचाहिँदो खालको तर्कवितर्क । विकल्पित— १. निश्चय नभएकोस अनिश्चित, सन्दिग्ध । २. नियमको अनुसरण नगर्ने, अनियमित ।

नेपाली भाषाका तीन वटा आधिकारीक शब्दकोशबाट हेर्दा वैकल्पिक वा विकल्प भन्ने शब्दको अर्थ कहिलेकाहीँ सकारात्मक रहेको लक्षण देखिएता पनि मूलतः त्यो नकारात्मक लक्षण अर्थ दिने देखिन्छ । यदि कसैले वैकल्पिक हुँ भन्छ भने अहिले चलिरहेको जुन छ म त्यो जस्तै हुँ, त्यस्तै हुँ, त्यसको स्थानमा म आए नि फरक पर्दैन त्यही भए नि फरक पर्दैन भन्ने त्यसको आसय देखिन्छ र बुझिन्छ ।

अब हामीले (जरोकिलो) भन्ने गरेको कपूतन्त्र अर्थात् अहिले सत्तामा रहेका, सत्तावृत्तमा रहेका, प्रतिपक्षमा रहेका सँगसँगै आफूलाई नयाँ भन्ने कथित वैकल्पिक भन्नेहरू पनि यो कपूतन्त्रमा पर्छन् भन्दा कतिपयले किन यिनीहरूको आलोचना गरेको होला ? यिनीहरू त ठाउँमा पुगेकै छैनन् भन्ने लागेको थियो होला तर के रहेछ भन्दा उनीहरूले नै आफ्नो परिभाषा दिँदा कपूतन्त्रको विकल्प मात्रै हौँ हामी त माथिको परिभाषा सम्झाँै त ? यो भए नि हुने त्यो भए नि हुने अझै गहिरिएर हेर्दा त निश्चय नभएको, सन्दिग्ध, शंकास्पद यस्ताहरूलाई वैकल्पिक भनिने रहेछ, अब नेपाली जनताले अहिले सत्तामा रहेका, प्रतिपक्षमा रहेका कम्युनिस्ट, कांग्रेस, राजपा, राप्रपा अरू पहिचानवादी भन्नेहरू भन्दा यी वैकल्पिक भन्नेहरू फरक हुँ भन्ने कुनै आधार छैन किनकी उनीहरूले आफ्नो नाम राख्दा नै वैकल्पिक भन्नाले अंग्रेजीको (alternative) को अर्थ हे¥यो भने पनि त्यसले केन्द्र आपूmलाई मान्दैन जहिले पनि परिभाषा गर्न अरूलाई केन्द्र मान्छ ।

अहिले भएका व्यक्तिहरू मध्ये त्यो ठाउँमा त्यो कुर्चीमा म पुगे भने अरू पद्धति–प्रणाली त त्यही हो त्यसैमा मैले परिवर्तन ल्याएको भन्ने अस्वाभाविक दावी गरेको हुँदोरहेछ । यसरी हेर्दा वैकल्पिक भनेको के रहेछ ? भन्दा एउटाको वैकल्पिक अर्को, अर्कोको वैकल्पिक अर्को अर्थात वैकल्पिक हुन एउटाले मात्रै नपुग्ने हुनाले जो अहिले सत्ता वृतमा हालीमुहाली गरिरहेका छन् तिनीहरू भएनन् भने अहिले वैकल्पिक भनिएकाहरूको अस्तित्व नरहने, अहिले वैकल्पिक भनिनेहरूलाई देखाउन नपाए अहिले हालीमुहाली गरेकाहरूले तुलना गर्न पात्र नहुने रहेछ । त्यसैले यिनीहरू एक सिक्काको दुई पाटो भनेको जस्तो शब्दकोशले बताएको र व्यवहारमा हे¥यौं भने पनि वैकल्पिक भन्नेहरूले लिएको अर्थतन्त्र, शिक्षानीति, राजनीतिक पद्धति, शासन पद्धति आदिमा नयाँ विषय दिन नसकेको र उही विषयलाई एकोहोरो ढिपी अहिले भएका मान्छेको ठाउँमा म, हामी, हाम्रो समूह आयौँ भने जादुको छडीले जस्तो रातारात परिवर्तन गर्छु भनेको जस्तो आपैmँमा भ्रममा छन् । त्यही भएर यहाँ सन्दिग्ध सन्देहयुक्त भन्ने वैकल्पिक शब्दको अर्थ शब्दकोशमा राखेको रहेछ भन्ने बुझ्न सकियो र देखियो ।

अझै हास्यास्पद के देखियो भने हामी त निर्विकल्प वैकल्पिक हौँ पनि थाले ! भनेपछि वैकल्पिक शब्दले दिने अर्थ यो वा त्यो हुने भए पछि निर्विकल्प वैकल्पिक भनेपछि आफैमा हास्यास्पद देखिन्छ । यस्तै मिल्दै नमिल्ने कुरा गरिरहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने उनीहरू कति कमजोर, अपरिपक्व छन्, कति रोमान्टिक कल्पनामा डुबेर हाम्फालेका छन् । वास्तविक रूपमा हामी नेपालीले बुझ्नुपर्ने के हो भने नेपालको अवस्था के हो ? अहिलेको अवस्था भनेको ऐंजेरुले पटवृक्षलाई घेरेर पटवृक्ष काटिएको जस्तो हो । यदि कोही पटवृक्ष हो भने उसले टुक्रिएर पनि वैकल्पिक हुँ भन्दैन किनकि उ मूलधार (Mainstream) हो । कुनै पटवृक्ष नहुँदा वनमारा झारलाई नै रुख भनेको अवस्था हो ।

जरोकिलो सुरु गर्नुभन्दा पहिला कसैले अद्यावधिक दर्शनमा काम नगरेको, राजनीतिक सिद्धान्त अभिनिर्माण नगरेको, आर्थिक सिद्धान्त अभिनिर्माण नगरेको, समाज विकासको सिद्धान्त अभिनिर्माण नगरेको हुनाले हाम्रा पुराना शास्त्रहरू धेरै पहिला लेखिएको विषयहरू सबैको पहुँचमा रहेन भाषाको पनि समस्या र अन्तर पर्न गयो । कैयौँ मानिसलाई भ्रम पर्न गयो त्यहाँ त पूजापाठका विषय छन् बेरबार गरेर पूजा गर्ने होला भन्ने भ्रम परेको बेला माक्सवाद आउँदा पनि ओहो ! भन्ने कसैले समाजवाद भन्दा आहा ! भन्ने कसैले सोसल डेमोक्रेसी (social democracy) भनेर प्रजातान्त्रिक समाजवाद त्यो ठिमाहा ल्याउदारूप लिएर आउँदा पनि लौ के के नै ल्याए भन्ने जस्तो लागेको अथवा उदारवाद भन्दाखेरि लौ ओहो के नै ग¥यो भन्ने लागेको हो । त्यस्तो किन भएको हो भन्दा वृक्ष नभएको मरुभूमिमा वनमाराको झार देखेर कसैले यो त वन हो जंगल हो भनेर अक्सिजन दिने, प्राणवायु दिने हो भनेर भनेको जस्तो अवस्था भएको हुनाले कम्युनिस्ट, कांग्रेस अथवा हिजो पञ्चायत पनि हामीले बारम्बार भन्दै आएको कपूतन्त्रकै स्वरूप हो ।

राणाकाल हे¥यो भने पनि मेकियावेली कपूतन्त्रकै एउटा स्वरूप हो । नेपालमा त राजनीतिक प्रणाली थाहा पाएर योजनाबद्ध रूपमा लागू गर्ने वेलादेखि नै नेपाल कपूतन्त्रको बन्धनमा परेको छ । त्यसैलाई कसैले तारणहार जस्तो माने होला जस्तैः बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी नेपालका लागि असान्दर्भिक पात्रहरूलाई ठूलै महामानव, जननेता, तारणहार भन्ने ‘भांग्राको टोपीमा गुएँलाको फूल’ भने जस्तो ती सबै नेपालको लागि वैकल्पिक हुन् । अहिले नेपालमा चलेका सबै वैकल्पिक हुन् शब्दकोशले नै बताएको छ । उनीहरू शंकास्पद, सन्देहयुक्त छन् ।

नेपालको लागि केही नपाएको बेलामा नेपाली उखान छ ‘पाए अन्त नपाए जन्त’ भनेजस्तो अरू कोही नहुँदा कांग्रेस, कम्युनिस्टदेखि लिएर अहिले वैकल्पिक भन्नेहरूसम्म लागे होलान् तर सारमा भन्नुपर्दा यिनीहरूले नेपाललाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दैनन् । उनीहरू नेपालको जुन मूलधार हो, सभ्यता हो, संस्कृति जुन हो, नेपालको आर्थिक प्रणाली, सामाजिक प्रणाली जुन हो, धर्म, संस्कृति, सभ्यता, योग कुनैलाई पनि प्रतिनिधित्व गर्दा रहेनछन् । उनीहरू भन्न प¥यो ओहो अहिलेसम्म हामीले वैकल्पिक भन्ने शब्द नै पढेका रहेनछौँ, हामीलाई थाहा रहेनछ भनेर माफी मागेर सच्याएर आउनुप¥यो होइन वैकल्पिक नै हो भनेर जिद्धि गरिरहने हो भने वैकल्पिक भन्ने शब्दले नै बतायो उनीहरू नेपाललाई प्रतिनिधित्व गर्न, नेपालको शासन प्रशासन समाल्न र नेपालीको जनताको सबैभन्दा ठूलो र योग्य प्रतिनिधि बन्न तयारी गर्नुभएको छैन ।

नेपालमा वैकल्पिक भन्नेहरू असलमा संसारमा असफल, असान्दर्भिक, गतार्थ भएका कपूतन्त्रलाई अझ फेरी पनि मौका दिनुपर्छ भनेर पैरवी गरेको देखियो । नेपालको शासन प्रशासन सत्ता चलाउँछु वैकल्पिक भन्ने तर मानसिक रूपमा तयार भएको देखिँदैन किनकि वैकल्पिक शब्दको अर्थबाट स्पष्ट हुन्छ । झालेमाले कुरा गर्ने दुई÷चार लाख भोट ल्याउने दुई÷चार सिट ल्याउने यही कपुतन्त्रे र लुटतन्त्रमा सहभागी हुने मनसाय देखिन्छ यदि वैकल्पिक हुँ भनिरहने हो भने, यदि साँच्चिकै नजानेर वैकल्पिक भनेको भए आफ्ना सदस्य र कार्यकतासँग क्षमा माग्नुपर्छ ।

प्रतिक्रिया