पूर्वयुवराज पारस शाह अस्वस्थ

चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो । शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ ।

रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै छ । यसैगरी रगत परीक्षण गर्न लागिएको उहाँले जानकारी दिए । रेग्मीले भने, ‘उनको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।’ इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए । रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।– रासस

प्रतिक्रिया