माछापुच्छ्रे बैंक र नेपाल भेटेरिनरी संघवीच सम्झौता

काठमाडौ । माछापुच्छ्रे बैंक र नेपाल भेटेरिनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आबद्ध सदस्यहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल भेटेरिनरी संघको तर्फबाट अध्यक्ष डा.शीतलकाजी श्रेष्ठ तथा बैंकको तर्फबाट दायित्व व्यवस्थापन एवं बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात भेटेरिनरी संघसँग आवद्ध सदस्यलाई बैंकले सरल र सहज बैंकिङ सेवा प्रदान गर्नेछ । बैंकले आफ्ना सबै शाखा सञ्जालबाट संघका सदस्यलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ ।

बैंकले स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउँदै आएको छ । देशैभर बैंकले १ सय ६० शाखा, १ सय ३३ शाखारहित बैकिग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी २ सय ९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम तथा १ हजारभन्दा बढी पीओएसमार्फत सेवा दिँदै आएको पनि विज्ञप्तिमा उल्ल्ेख छ ।

प्रतिक्रिया