रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान

काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा आयोजित रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका छेत्रीय कार्यालय र शाखा,उप—शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा ३ सय ७९ जनाले रक्तदान गरेका थिए ।

हाल कोभिड—१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले तेस्रो वार्षिकोत्सवको सु–अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम देशभर संचालन गरेको हो । कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको पनि बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया