बर्दिवासमा निषेधाज्ञा जारी

महोत्तरी । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

बुधबार बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए । बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चौकसम्म भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको उनले बताए ।

निषेधाज्ञा जारी भएको क्षेत्र मा ५ जनाभन्दा बढस् भेला हुन पाउने छैनन् । तर पूर्व पश्चिम राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिएका छन् ।

बर्दिबास १४ का शहील आलमकी छोरी गुलाबको हत्या भएको थियो। आइतबार साँझदेखि हराएकी उनको शव हत्या गरेर बोरामा फालेको अवस्थामा सोमबार राति भेटिएको थियो ।

हत्या आरोपमा अरुणकुमार साह पक्राउ परेका छन् । वैशाखमा भएको हत्यामा पक्राउ परेका उनले एक लाख धरौटीमा छुटेको केही दिनमा नै बालिका हत्या परेको थाहा पाएपछि स्थानीय अक्रोशित छन् । उनीहरुले साहको घरमा आगजनी समेत गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा केही घाइते भएका थिए । घाइतेमध्ये बर्दिवास नगरपालिका(१ बस्ने ४० बषर्ीय संजय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।

न्यौपानेको मृत्युले स्थानीयलाई थप आक्रोशित बनउाएको छ । गोली चलाउने प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले बिहानै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया