दिप्ताले ल्याइन् ‘यो जिन्दगी’

काठमाडौं । बेलायत निवासी दिप्ता थापाको आवाज रहेको ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोसमेत बनेको गीतको बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी ‘दुबसु’ ले एक समारोहबीच सार्वजनिक गरेका हुन् ।

सञ्जित देउजाको शब्द रहेको गीतमा शिखर सन्तोषले संगीत भरेका छन् । गीतको भिडियोमा गायिका दिप्ताको अभिनय छ । जसको कोरियोग्राफी उनकै आमा सुनिता गौतमले गरेकी छन् । कुशल श्रेष्ठले भिडियो छायांकन, सम्पादन तथा निर्देशन गरेका छन् । गायिका दिप्ताले प्रवासमा हुर्किएका नयाँपुस्तालाई नेपाली गीत संगीतमा लाग्न तथा कला, संस्कृतिको संरक्षणमा प्रेरित गर्न भिडियोले सघाउने विश्वास लिएको बताइन् ।

प्रतिक्रिया