ज्योति बिकास बैक र खल्ति वालेट सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात ज्योति बैंक मार्फत ग्राहकले खल्तीमा मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी सीधै पैसा लोड गर्न सक्नेछन ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट तथा खल्तीका तर्फबाट कम्पनीका निर्देशक सुमित अग्रवालले हस्ताक्षर गरेका हुन् । सम्झौता सँगै अब ज्योति बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया