‘टोरबाज’ ११ डिसेम्बरमा

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तको अभिनीत ‘टोरबाज’ ११ डिसेम्बरमा प्रदर्शनमा आउने भएको छ । फिल्म नेटफ्लिक्पबाट सार्वजनिक हुन लागेको यस चलचित्रमा अभिनेता सञ्जयले अफगान सेनाको एक जनरलको भूमिकामा देखिएका छन् । चलचित्रमा अभिनेता सञ्जयसँगै राहुल देव, नरगिस फाखरीको समेत प्रमुख भूमिका रहेको छ ।

गिरिश मलिकले निर्देशन गरेको यो चलचित्र राजु चड्ढा र राहुल मित्रले मिलेर निर्माण गरेका हुन् । अहिले क्यान्सर रोगको उपचारपछि आराम गरिरहेका सञ्जय चलचित्र ‘केजीएफ च्याप्टर २’ मा भिलेनको भूमिकामा देखिँदैछन् । पछिल्लो समय सञ्जयका भुजः द प्राइम अफ इन्डिया, टोरबाज, शमशेरा र पृथ्वीराज लगायतका चलचित्रमा प्रदर्शनको तयारीमा छन् ।

प्रतिक्रिया