नेपाल इन्भेस्टमेन्ट बैंकले सिटी एक्सप्रेस प्राप्ति गर्ने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको सञ्चालक समिति बैठकले उक्त स्वीकृति दिएको हो । सिटी एक्सप्रेसलाई इन्भेस्टमेन्ट बैंकले प्रतिकित्ता ३० रुपैयाँका दरले गाभ्ने सम्झौता भइसकेको छ । सिटी एक्सप्रेसको सय कित्ता सेयर हुनेले इन्भेस्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउनेछन् । इन्भेस्टमेन्ट बैंकमा विलय हुने भएसँगै हाल सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का रहेको छ ।

प्रतिक्रिया