युएईंका नेपालीमा ब्याडमिन्टन क्रेज


दुवई । संयुक्त अरब इमिरेट्स (युएईं) मा नेपाली ब्याडमिन्टनको क्रेज बढ्न थालेको छ ।  नेपाली ब्याडमिन्टन कम्युनिटीका उदियमान खेलाडीहरुले नोभेम्वर ६ देखि २१ सम्म सञ्चालन भएको योनेक्स सटल टाइम दुवई क्लब च्याम्पियनसिपमा विभिन्न क्लबमार्फत आकर्षक खेल पस्कदै लेभल ‘ए’, ‘बी’ र ‘सी’ सँगै महिला सिंगल्स्मा पनि उत्कृष्ट खेल पस्केका थिए ।

ज्ञानु माया बरालले सबै लेबलमा प्रतिस्पर्धा गर्दा सानिया चन्दले लेभल ‘बी’ र ‘सी’ मा सहभागितना जनाएको थिए । जसमा दुवै क्लब च्याम्पियन हुन सफल भए । सबै लेभलमा २६ टोलीले सहभागिता जनाएका थिए । सानियाले लेभल ‘बी’ मा विकेन्ड स्मासेर्स टिमबाट खेलेका थिइन् । लेभल ‘सी’ मा ¥याकेटर्स टिमबा महिला डबल्स र सिंगल्र्समा प्रतिस्पर्धा गरेका थिए ।

ज्ञानुले लेभल ‘ए’ मा सटल जोनबा भाग लिएकी थिइन् । यस्तै सिनियर महिला सिंगल्समा ज्ञानुले फाइनलमा युएईंका च्याम्पियन सारा सिराजसँग खेल्दै उपविजेता बनिन् । नेपाली खेलाडीलाई एनबीसी खेलाडी अनिल जोशीले प्रशिक्षण दिएका थिए । सोमबार युएई नेपाल ब्याडमिन्टन कम्युनिटीका संयोजक हिरालाल श्रेष्ठले प्रवासमा पनि आफ्नो समय अनुकुलमा खेल्दै गर्दा नेपाली समुदायले ब्याडमिन्टनमा राम्रो प्रगति गर्दै र नेपाली ब्याडमिन्टन समुदायमा क्रेज बढ्दै गएको बताए ।

प्रतिक्रिया